दाङ, बैशाख १ । नयाँ वर्षको शुभ अवसरमा पारी जिल्लाका विभिन्न जनप्रतिनिधिले शुभकामना दिएका छन् । तुलसीपुरका मेयर घनश्याम पाण्डे, घोराहीका मेयर नरुलाल चौधरी र जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले छुट्टै छुट्टै विज्ञप्ति मार्फत सबैमा नयाँ बर्षको अवसरमा शुभकामना दिएका छन् ।
उनीहरु सबैले दिएको शुभकामना सन्देशमा कोरोना विरुद्धको विरुद्धको लडाँई जित्न सबै एकताबद्ध भएर लाग्नु पर्ने उल्लेख गरिएको छ । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोराना भाइरसबाट जोगिन सरकारले जारी गरेको लकडाउन कार्यान्वयन गर्न सबैमा आग्रह गरिएको छ ।
अत्यवश्यक काम बाहेक घरवाट बाहिर नसिस्कन, बाह्य मानिसहरु अरुलाई पनि घरमा आउन नदिन, सरसफाईमा ध्यान दिन, खान पानमा ध्यानदिन जस्ता आग्रह गरिएको छ ।
त्यस्तै धैर्यता, आत्मविश्वास तथा उच्चमनोबलका साथ एकतावद्ध भएर कोरोना विरुद्धको लडाई लड्न उनीहरुले अपिल गरेका छन् । अति विपन्न तथा श्रमिक बर्गलाई राज्यले राहात वितरण गरिरहेको हुँदा त्यसमा अनावश्यक भिडभाड नगर्न समेत आग्रह गरिएको छ ।
राहत वितरणलाई थप प्रभावकारी र पारदर्सी बनाउनका लागि सरोकारवाला सबैले सामुहिक प्रयास जारी राखेको उल्लेख गरिएको छ ।