२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा नयाँ वर्षदेखि सातैदिन पसलहरु खुल्ने

शरद रेग्मी,
चैत्र २९ । नयाँ वर्षको अवसरमा आइतवारदेखि तुलसीपुरमा हप्ताको सातै दिन पसलहरु खोल्न आग्रह गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले स्थानीय सरकार र प्रशासन संगको समन्वयमा हप्तामा सातै दिन अत्यावश्यक पसलहरु खोल्ने निर्णय भएको जानकारी दिए ।

यसअघि तुलसीपुरमा हप्तामा तीन दिन आइतवार, मंगलवार र शुक्रबार मात्रै विहान दुई घन्टा किनमेल गर्न पाउने नियम लागु गरिएको थियो । त्यसको सिको घोराहीमा पनि भएको थियो ।

उनले भने – ‘स्थानीय सरकार र प्रशासनको समन्वयमा नयाँ बर्षको अबसर पारेर आईतबारदेखि तुलसीपुर क्षेत्रमा खाध्यान्नका पसलहरु हप्ताको सातै दिन बिहान नौं बजेसम्म खोल्ने निर्णय भएको छ ।’

लकडाउनको समय लम्बिन सक्ने संभावना रहेको हुँदा उपभोक्तालाई सामाजिक दुरी कायम राखेर सामान किन्न अध्यक्ष रावतले सबैलाई आग्रह गरेका छन् । शुक्रवार तुलसीपुरमा किनमेल गर्ने सर्बसाधारणहरुको भिड देखिएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *