हेमराज शर्मा,
दाङ,चैत २७ । लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरी तस्करी तथा सिकारीले विगविगी मच्चाएका छन् ।डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावार चोरी निकासीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले गस्ति टोलीले लकडाउन अवधिभर विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । सयौं क्यूफिट अवैध काठ बरामद भएको छ । गस्ति टोलीले तीन वटा टे«याक्टरपनि नियन्त्रणमा लिएको छ ।
ज्ञवालीले लकडाउनको अवधिमा वनमा तस्करी ह्वात्तै बढेको बताएका छन् । लकडाउन भएपछि मजदुर काम रोकिएको र वनमा गएर लुकिछिपी काठ काट्ने तथा तस्करी गर्ने क्रम ह्वात्तै बढेको उनले बताए ।
चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं। १८ को रानी सामुदायिक वनमा सालको २ वटा रुख काटी गोलिया वनाई लैजाँदै गरेको अवस्थामा घोराही उपमहानरपालिका वडा नं। १२ रतनपुर निवासी सुदन गिरी र उनको ट्रयाक्टर समेत नियन्त्रणमा लिइएको छ । डिभिजनको गस्ति टोलिले गोलिया काठ थान १६ को परिमाण ११७।२१ घन फिटसहित रा १ त ११७७ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
त्यस्तै चैत २२ गते घोराही १२ ज्यामिरे खोलाको भालुचिप्ला सामुदायिक वनमा गस्ति टोलिले सालको एउटा रुख काटेर चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घन फिट काठ बरामद गरेको छ ।चैत २७ गते गस्ति टोलीले उक्त काठ तस्करीमा सम्लग्न पुर्णबहादुर रउलेलाई पक्राउ गरेको छ ।
त्यस्तै ववई गाउँपालिका वडा नं। ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा चैत २३ गते गस्ति टोली करिव २ हेक्टरमा वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदेवालीलाई हटाई पुन वन कायम गरेको छ ।
चैत २४ गते दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा उक्त वनकै पदाधिकारीहरुको संलग्नतामा सिसौ र खयर जातका ५५ वटा रुखहरु काटेको पाइएको छ ।
त्यसका संलग्न वन पदाधिकारीहरुलार्ई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
त्यसैगरी घोराही वडा नं १, सिरुखर्कमा चैत २६ गते विहान गस्ति टोलीले चोरीको काठसहित शोभाराम महरालाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
उनले काठ ओसारपसारमा प्रयोग गरेको रा १ च ३९४१ ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ ।
चैत २७ गते नेपाली सेना संगको संयुक्त समन्वयमा तुलसीपुर १३, फुलवारीवाट काठ दाउरा ओसारपसार गरिरहको रा १ त २३९५ नम्वरको ट्याक्टर र ट्याक्टर चालक गोपाल चौधरी पक्राउ परेका छन् ।