२०८० चैत्र १६ गते शुक्रवार

बित्तिय संस्थाको सहयोग ५० हजार


दुख हरण यादव,
गढवा, चैत्र २७ । महिला सामुदायिक लघुबित्त संस्था गढवा शाखाले गढवा गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा नगद राहत सहयोग गरेको छ ।लकडाउनले समस्यामा गरिब तथा अति बिपन्न परिवारलाई राहात प्रदान गर्न नगद ५० हजार राहत सहयोग गरेको संस्थाकी लेखापाल निर्मला पान्डेले बताइन ।

बिहिबार लघुबित्तकि लेखापाल पान्डेले गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई राहत हस्तान्तरण गरेकी हुन ।राहत रकम बुझ्दै अध्यक्ष यादवले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कहर बाट बच्न सबैले हातेमालो गर्नुपर्ने बताए । उनले आर्थिक सहयोग गरेको धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *