२०८१ मङ्सिर २७ गते बिहिवार

कर्णाली गाउँपालिका महासंघको भिडियो कन्फरेन्स


शंकर के सी,
सल्यान, चैत २७ ।गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिको भिडियो कन्फरेन्स विहीवार सम्पन्न भएको छ । कोरोना भाईरस रोकथाम सम्बन्धी स्थानीय तहले गरेका प्रयत्न, समस्या र चुनौतिका बारेमा बैठकमा छलफल भएको महासंघका प्रदेश समिति अध्यक्ष भिमबहादुर सेनले बताए ।

स्थानीय तहहरुले खेलेको भुमिका प्रभावकारी भएको ठहर गर्ने बैठकले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीलाई परिचालन गर्न समस्या भएको निष्कर्ष निकालेको छ । त्यसका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले आइसोलेनस र क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको स्वाव संकलन गरी प्रदेश राजधानी सुर्खेतमा पठाउन समस्या भएको निष्कर्ष निकाल्दै यथाशिघ्र प्रदेश सरकारलाई हेलिकप्टरको ब्यवस्था गरिदिन आग्रह गर्ने निर्णय गरेको छ ।

स्वाब संकलन र परीक्षणको कार्यलाई प्रभावकारी बनाउन, खाद्यान्न पुर्याउने उचित व्यवस्था मिलाउन र स्वास्थ्य सामग्रीहरु यथाशिघ्र सबै सथानीय तहहरुमा पुर्याउन महासंघको तर्फबाट प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको अध्यक्ष सेनले बताए ।

लकडाउन कारण हुम्ला, मुगु, डोल्पा हिमाली जिल्लामा खाद्य सामग्रीहरु पठाउन नसकिरहेको बारे बैठकमा छलफल भएको छ ।बैठकमा सहभागी कतिपय स्थानीय तहहरुले विपद ब्यवस्थापन कोष खडा नगरेको तथा बजेट विनियोजन पनि नगरेको गरेपनि न्यून बजेट विनियोजन गरेको जस्ता भन्ने गुनासो गरेका थिए ।

भिडियो कन्फरेन्समा प्रदेश कार्यसमितिका उपाध्यक्ष जंगबहादुर शाही, सचिव खड्कराज सेजवाल, कोषाध्यक्ष महेन्द्र शाह लगाएतका पदाधिकारिहरु, महासंघका केन्द्रीय सचिवालय सदस्य मानबहादुर डाँगी, केन्द्रीय सदस्य रतननाथ योगी, केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत राजेन्द्र प्याकुरेल र प्रदेश अधिकृत कर्णबहादुर भण्डारीले भाग लिलएका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *