२०८१ माघ ३० गते बुधवार

समस्यामा परेका सञ्चारकर्मीलाई राहात दिन माग

तुलसीपुर, चैत २७ । नेपाल पत्रकार महासंघ दाङ शाखाले समस्यामा परेका सञ्चारकर्मीलाई पनि राहात उपलब्ध गराउन माग गरेको छ । लामो लकडाउनका कारण श्रमजीबी सञ्चारकर्मीको जीवन यापनमा समस्या परेको हुन सक्ने भन्दै महासंघले त्यस्तालाई राहात उपलब्ध गराउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छ ।

साथै उस्ले दैनिक जीवीकोपार्जन प्रभावित हुने अवस्था आएमा तत्काल जानकारी दिन महासंघले आग्रहपनि गरेको छ । अप्ठेरोमा परेका सञ्चारकर्मीलाई राहतका कार्यक्रम उपलब्ध गराइने महासंघले अवगत गराएको छ ।

महासंघका शाखा अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले बिहीवार एक विज्ञप्ति मार्फत सग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने भएको हुँदा सुरक्षित विधि अपनाएर मात्रै कामगर्न आग्रहपनि गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *