२०८१ बैशाख १३ गते बिहिवार

पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरको थाप्लोमा टायरको भारी


दाङ,चैत २५ । दाङ र आसपासका जिल्लाहरुमा आजकल पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरको एउटा फोटो खुबै भाइरल भएको छ । मोटरसाईकलको टायरहरु नाम्लो लगाएरउनले पिठ्यूमा बोकेको छन् ।चैत १९ गतेतिरको यो फोटोलाई धेरैले आफ्नो सामाजिक सञ्जालमा पोष्टिएका छन् । पूर्व मन्त्रीको कार्यको धेरैले प्रसंशा गरेका छन् । कतिले ‘सलाम’ गरेका छन् ।

जतिबेलाउनले तुलसीपुर–घोराही सडक खण्डको फार्म छेउमै थुपारेर राखेकाटायर बोकेर भित्रै लैजाँदै थिए । पूर्व मन्त्रीको साथमा अरु मानिसहरुले पनि टायर काँधमाबोकेका छन् । ‘पाटनरको काम मिलेरै गर्नु प¥यो नि,’पूर्व मन्त्री मगरले भने ‘हामी ६ जनालाई टायर ओसार्न तीन दिन लागेको हो।’

दुई पटक मन्त्री भएका व्यक्तिले सामान्ने किसान सरह काम गरिरहेको देख्दाकतिले आश्चर्य मान्छन् । कति कम्यूनिष्ट नेताहरु (सहकर्मीहरु) लाजले मन्टो बटारेर देखे पनि नदेखझैं गर्छन रे ।

पूर्व मन्त्रीले टायर खोज्न जाँदाका रमाईला किस्सापनि सुनाए । ४÷५ महिना अगाडिको कुरा रहेछ ।पूर्व मन्त्रीले घोराहीको एक टायर पसल अगाडि टायर उठाउँदै गर्दा एक जना चिनजानकै मानिस भेटिए छन् । उनले हात जोड्दै भनेछन् ‘अरु जे गरेपनि गर्नुहोस, तर यति हद सम्म तल नर्गिनुहोस । सडकका टायर उठाउने काम नगर्नुहोस।’

तुलसीपुरमा टायर उठाउँदा अर्का एक व्यक्तिले पनि त्यसै गरेछन् । पूर्व मन्त्रीले टायर उठाउँदै गर्दा बोल्दै नबोलीच्याप्पै समाते छन् । तानेर अलि पर लगेपछि उनले भने छन् ‘यो त सारै लाजमर्दौ भयो, तपाँई संग बोल्नपनि अप्ठेरो हुने भयो । यस्तो काम कहिलै नगर्नुहोस।’

उनले आइन्दा यो कामनगर्न वाचा गराउन खोजेपछि आफुले त्यो दिन गरेर अरुदिन टायर खोज्न नआउने वचन दिएका रहेछन् । तै पनि उनीआफ्नो काम गर्न छोड्नन् । आफ्नो लागि भन्दापनि पुराना कम्युनिष्ट नेतार साथीभाईको इज्जतको लागि मैले काम गर्नु हुन्नभन्ने चिन्तनले आफु आश्चर्यमा पर्ने गरेको मगरले  बताए । त्यो समस्या वाट छुटकारा पाउने उपाएको उनले खोजी गरे । ‘चश्मा र मास्क लगाएपछि कसैले चिनेनन्’ पूर्व मन्त्रीले भने ‘अनि त टन्टै साफ खुरु खुरु आफ्नो काम गर्यो फर्कियो।’

कतिपयले टायर उठाउँदै गर्दा मधेसी जस्तो ठानेर घरको छतवाटै आफ्नो घर अगाडिको फोहरपनि उठाइदिन अडर दिने गरेको अनुभूति मगरले साटे । त्यस्तालाई उनले ‘हवस हजुर, गरिदिउँला’भनेरै टार्ने गरेको बताए ।

पूर्व मन्त्रीले अर्कौ रमाईलो कुरापनि सुनाए । जो दुई महिना अगाडिको हो । त्यो हल्कापानी परिरहेको साँझको समय थियो ।

फार्ममा काम सकेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ थानगाउँजान हिडदै गर्दा मोवाईल ‘वानवए’भइसकेको थाहा पाए ।उनले मास्क लगाएकै थिए ।

नजिकैको विजौरी बजारमा गएर मोवाईमा एक हजार रुपैंयाको रिचार्ज गर्न लगाए । पर्समापाँच सय रुपैंया मात्रै रहेछ। उनले पहिलापर्स चेक गरेनन् । आफ्नो परिचयदिनपनिउचित ठानेनन् । साहुजीनिकै रिसाए । उनले भनेछन् – ‘साहुजी, यो समस्या तपाँईको हैन,मेरो हो नरिसाउनुहोस । म एक छिनमै पैंशाल्याएर आउँछु भन्दापनि साहुले जानै दिएनन्।’ अनिउनले मोवाईल, झोला, छाता, पर्स समेत चार चिज पसलमा बन्दी राख्नु परे छ।

केही पर एउटा तरकारी पसले संग सापटी माग्नखोजे । जहाँउनको फार्मवाट तरकारी जाने गर्दथ्यो । तर त्यसलेपनिमास्कलगाएको हुँदापूर्व मन्त्रीलाई चिनेन । पैंशा सापटी दिनमानेन । अनि उनी आफ्नो परिचय दिन बाध्य भएछन् ।बल्ल उनले पाँच सय रुपैंया पाए । पूर्व मन्त्रीपुनले भने– ‘त्यतिखेर युद्ध जिते जस्तै लाग्यो।’ त्यसपछि उनी पैंशादिएर आफ्नो सामानफिर्ता ल्याएर घर गएछन् । पैंशा, पद र शक्तिको पूजा गर्ने प्रवृति देखेर दिकदार लाग्ने गरेको उनले बताए ।

रुकुमका स्थायीबासिन्दा र तत्कालिन नेकपामाओवादीभित्रका एक संस्थापक नेताहुनपूर्व मन्त्रीमगर । पुर्खेउली झन्डै ८ विगाहाजग्गाउनले पार्टी काममै सिध्याएकाहुन । ‘मेरो श्रीसम्पत्ति सबै पार्टीकै काममा सिध्याए,’पूर्व मन्त्रीले भने ‘त्यति बेला ज्यूज्यान सरकारी बनाउनेलाई के चाहियो भन्ने सोच जो थियो।’

केही सम्पत्तिउनले चार दिदीबहिनीलाई अंश वण्डा गरिदिएको बताए । भने –ं‘हामीमध्यमकिसान परिवारको मान्छे हौं। ७० ÷ ८० मुरी मकै फल्थ्यो ।गोठमा७÷८ वटा भैंसी हुन्थे । १५–१६ घार माहुरी हुन्थे । बेसाएर खानुपर्ने परिवार हैन।’

त्यतिबेलाको चेतनास्तर र बलिदानीभावले जे गरेको भएपनिआफुलाई पछुतो नरहेको पूर्व मन्त्रीअनुभूति साटे ।

पछिल्लो समयउनले पार्टीमा राजिनामाबुझाएर स्वतन्त्रजीवनव्यथित गरिरहेका छन् । कृषिकर्म गरिरहेका छन् ।हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मैरवाको डाँडोमा पाटनरमा सिउँडी प्रजातिको ड्रागन फ्रूटको खेति गरिरहेका छन् ।

त्यही ड्रागन फ्रूटको लागि‘क्याप’को रुपमाप्रयोग हुने मोटरसाईकलका टायरहरु बोकेरल्याउँदै गर्दा फार्म भित्रैउनका ज्वाँई नेत्रलाल बोहोराले त्यो चस्विर खिचेका हुन । अहिले पनिपूर्व मन्त्रीलाई ठिकै गरिरहेको बुझाई छ । मगरले भने– ‘आफुपनि सन्तुष्ट छु । कामगर्दा मज्जाले निन्द्रा लाग्छ । कुनै रोगव्याधि छैन । कसैलाई डाँट्नु र ठग्नु परेको छैन । म यसैमा खुसी छु।’

मैरवामा ६६ कठ्ठा जग्गा भाडामा लिएर दाङमै नौलो प्रजातिको ड्रागन फ्रूटको व्यवसायीक खेति गरेका पूर्व मन्त्रीविहानदेखि बेलुका सम्म फार्म मै व्यस्त हुन्छन् । यसअघि उनले दाङसहितकाजिल्लाहरुमाकालो चामलको खेति गरेर चर्चा बटुलेका थिए ।

पूर्व मन्त्रीको ड्रागन फ्रूट यो खेति क्षेत्रफलका हिसावले नेपालकै सबैभन्दा ठूलो खेति हो । जहाँझन्डै दशहजार जति ड्रागन फ्रूट हुर्कि रहेका छन् । ‘विभिद कृषिफार्म प्रालि’दर्ता गरेर दुई अढाई वर्ष अगाडि देखि उनले यसको खेति थालेका हुन ।

बञ्जर डाँडो भाडामा लिएर त्यसैमा रातदिन पसिना बगाउँदै आज उनले त्यो डाँडोलाई हराभरा बनाएका छन् । ‘गोडमेल गर्ने, मलहाल्ने, पानीचार्ने जस्ता कामले म बेस्सेरी व्यस्त हुन्छ,’ मगरले भने ‘हाल माछा पोखरी निर्माणको काम भइरहेको छ ।’

पछिल्लो समयउनले ड्रागन फ्रूटको फार्म सञ्चालन गर्न पैंशाको अभाव भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ थानगाउँस्थित ३ कठ्ठा क्षेत्रफलको जग्गा र घरपनिविक्रि गर्नु परेको जानकारी दिए । त्यसैले पछिल्लो समय उनीपत्नि सहित मैरवास्थित ड्रागन फ्रूटको फार्मभित्रै बस्दै आएका छन् ।

‘म त ६६ कठ्ठाको फराकिलो परिधिभित्र छु । कोरोना भाइरस यहाँआउँदैन भन्नेमा म ढुक्क छु,’ अन्त्यमा उनले भने ‘बरु तपाँईको अवस्था के छ ?आमनागरिकको अवस्था के कस्तो छ त्यो प्रष्ट संग लेख्नुहोला।’

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *