२०८१ कार्तिक १९ गते सोमवार

अधिकारीलाई सरकारले गभर्नर बनायो


काठमाडौं, चैत २४ । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई पाँच वर्षे कार्यकालका लागि नयाँ गभर्नर नियुक्त गरेको हो।

यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल फागुन ५ गतेदेखि सकिएको थियो ।
गभर्नर नियुक्तीका लागि अर्थमन्त्री डा. युवजाराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो।

उक्त समितिले हाल नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी, महाप्रसाद अधिकारी र निवर्तमान अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो। अर्थमन्त्री खतिवडा गभर्नर हुँदा अधिकरी वरिष्ठ डेपुटी गभर्नर थिए।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *