
काठमाडौं, चैत २४ । सरकारले लकडाउनलाई वैशाख ३ गतेसम्म थपेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्तनिर्णय गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनसुरु गरेको थियो ।
सुरुमा चैत १८ गतेसम्म एक हप्ताको लागि लडडाउन गरिएको भएपनि सरकारले चैत १७ गने एक हप्ता थप्दै चैत २५ गतेसम्म लम्वाएकोथियो ।
पूर्व घोषित लकडाउनको अवधि सकिनु पूर्व नै सोमवार सरकारले फेरि लकडाउन थपेर बैशाख ३ गतेसम्म पुर्याएको हो ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित ९ जना विरामी उपचाररत रहेका छन् ।
पछिल्लो समय कैलालीमा एकै दिन तीन जनामा कोरोना भाइरसको पुष्टि भएको छ । त्यसमा भारतवाट आएका एक युवापनि छन् ।उनकै कारण भाउजुलाई समेत कोरोना संक्रमण भइसकेको छ ।
प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार