२०८१ चैत्र ९ गते शनिवार

नेविसंघले गाउँमा पुगेर साबुन, मास्क र पञ्जा वितरण गर्यो


तुलसीपुर, चैत २४ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गाउँ घरमा पुगेर सर्वसाधारणलाई साबुन, मास्क र पञ्जा वितरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का दक्षिण मलवारका १ सय ५० घर धुरी, वडा नं. १६ टिक्रा लहलौरामा १ सय १० घर धुरी, डोक्रेनामा ६० घर धुरीलाई समेत गरि ३ सय ५० थान हातधुने सावुन र झन्डै ५ सय थान मास्क वितरण गरिएको छ ।

तुलसीपुर उपमहागनरपालिका वडा नं. ५ का वडा सदस्य अजय बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय मलवार, हेमन्तपुर, बेलझण्डीस्थित प्रहरी चौकीलाई पनि ती सामान वितरण गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण वाट सर्वसाधारणलाई जोगाउन मास्क, पञ्जा , साबुन वितरण गर्नुको साथै कोरानावाट जोगिने उपाएको बारेमा समेत जानकारी दिइएको वडा सदस्य बुढाथोकीले जानकारी दिए ।

ती सामाग्र वितरण कार्यक्रममा राप्ती बबई क्याम्पसका स्ववियु सपभाति अनिल कार्की, क्याम्पस पूर्व इकाइ उपसभापति माधव वली, नेपाली काँग्रेसका नेताहरु पर्शु चौधरी, गणेश चौधरी, दिलिप आचार्य र रामप्रशाद चौधरीमा भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *