दाङ, चैत २३ । प्रदेश नं. ५ का सभामुख र उपसभामुखले एक महिनाको तलव कोरोना कोषमा जम्मा गरेका छन् ।
त्यस्तै प्रदेश सांसदहरुले १५ दिनको तलव, सचिवालयका कर्मचारीहरुले तह अनुसार क्रमश ः ७, ५ र ३ दिनको तलव कोरोना कोषमाजम्मा गर्ने निर्णय गरेका छन् ।
सबै गरेर कुल २३ लाख ३० हजार ४ सय २५ रुपैंया कोराना कोषमा जम्मा गरिएको छ ।
आइतवार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले एक बक्तव्य मार्फत त्यसको जानकारी दिएका छन् । प्रदेश सरकारले कोरोनाभाइरस निण्न्त्रण तथा उपचार कोष राष्ट्रिय वाणिज्य बैंकको बुटवल शाखाको खाता नं. ३१२०५०३०००३०१ मा उक्त रकम जम्मा भएकोछ ।
प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार