२०८१ बैशाख ८ गते शनिवार

लक–डाउनमा कसरी घर–घरमा समान पुर्याउने ?

तुलसीपुर, चैत २२ । घोराहीमा लक–डाउनको समयमा उपभोक्ताको घर–घरमै उपभोग्य बस्तुहरु पु¥याउने गरिएको छ । त्यसको नेतृत्व दाङ उद्योग वाणिज्य संघले लिएको छ । संघले छुट्याएको दुई लाख रकमवाट सेवा सुरु गरिएको छ । उक्त रकम गाडीमा तेल भरिन्छ । आवश्यक परे थप रकम छुट्याउने घोराही उद्योग वाणिज्य संघका पदाधिकारीले जानकारी दिएका छन् ।

घुम्ति सेवा सुरु गरेको हप्ता दिन पुग्नै लागेको छ । यो सेवा सुरु गर्नुको प्रमुख कारण लक–डाउनलाई व्यवहारिक रुपमा पूर्ण पालना गर्नुु नै रहेको घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

सरकारले साँझ विहान अत्यावश्यक खाद्यबस्तु किन्न किराना पसल किन्न छुट दिएको समयमा मानिसहरु हुलका हुल बजारमा आउन थालेपछि त्यो रोक्न घुम्तिसेवा सुरु गरिएको अध्यक्ष डाँगीले बताए ।

‘पसलहरुमा चुनाको घेरा लगायौं, सामाजिक दुरी कायम गर्न भन्यौं,तर त्यो उलंघन गर्नेहरु धेरै देखिए,’ अध्यक्ष डाँगीले भने ‘त्यसले कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने हुँदा घुम्ति सेवा सुरु गर्ने निर्णयमा पुगेका हौं।’ निर्णय आफुहरुले गरेपनि कार्यान्वय भने उद्योग वाणिज्य संघले प्रशासनको सहयोगमा पुरा गरेको उनले जानकारी दिए ।

शनिवार घुम्ति सेवाको लागि दुई दर्जन बढी पिकअप भ्यान प्रयोग गरिएको संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । ती गाडीमा ग्यासदेखि तरकारी, फलफूल, मासु, अण्डा, नुन, तेल, चामल जस्ता कुराहरु पुर्याउने गरिएको छ । टोल–टोलमा पुग्ने यी गाडिले दररेटपनि सार्वजनिक रुपमा भनिरहेका हुन्छन् । माइकिङ मार्फत । विशेष गरि तरकारी र फलफूलको मुल्य माइकिङ गरिन्छ । बाँकि चिजबस्तुको लिष्ट गाडी मै हुन्छ । यसरी बस्तिबस्तीमा पुग्ने गाडीले कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाएसहित घर भित्रै बस्न जनहितमा जारी सन्देशहरु पनि बजाउने गरेको छ ।

यसरी नागरिकको घर–घरमै अत्यावश्यक दैनिक उपभोग्य बस्तुको घुम्तिसेवा प्रदान गर्दापनि भाउ भने महंगो छैन ।

पुरानै स्टकको सामान भए लक–डाउन पूर्वकै रेटमा विक्रि गर्ने गरिएको छ । लक–डाउनको बीचमा भैरहवाबाट खरिद गरिएको सामानमा केही महंगो पर्न गएको हुँदा शनिवारदेखि ती समान किन्दा उपभोक्ताले केही महंगो तिर्नु पर्ने अवस्था देखिएको संघका अध्यक्ष भुसालले जानकारी दिए ।

लक–डाउनको अवधीमा अत्यन्त निम्न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै घुम्तिसेवा सञ्चालन गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।

अति आवस्यक वस्तुहरुको वर्गीकरण गरि चामल दाल, नुन, तेल, ग्याँस, दुध मासु, अण्डा, तरकारी एवम् फलफुलको घुम्ति सेवा दिने गरिएको छ । कृषकको उत्पादन भने आफै बजारमा डुलाएर बेच्न पाउने व्यवस्था गरिएको छ ।

घोराही उप–महानगरपालिकाको बजार क्षेत्र वडा नं १४ र १५ बाट चैत १६ गतेदेखि सुरु गरिएको घुम्ति सेवा आज आधा दर्जन बढी वडाहरुमा विस्तार भइसकेको छ । ग्रामिण भेगमा समेत सेवा विस्तार भएको छ ।

सेवाका लागि केही व्यवसायीहरुले सामान प्याक गर्नको लागि स्वयसेवकको भूमिका निर्वाह गर्दै आएका छन् । त्यो काममा खटिने कर्मचारी तथा श्रमिकलाई सरकारी मापदण्ड अनुसार ज्याला निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *