२०८१ चैत्र ९ गते शनिवार

लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्न दाङ प्रसाशनकाे आग्रह


शरद रेग्मी ,
दाङ,चैत २२। बिश्वब्यापी महामारीकाेरुपमा फैलिएको काेभिड १९ (काेराेना भाईरस नियन्त्रण गर्न सरकार लागिपरेको सन्दर्भमा स्थानीय प्रसासनले पनि कडाइका गर्न थालेको छ ।जिल्ला प्रसासन कार्यालय दाङले सबै शहरहरुमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सबै प्रहरी युनिटहरुलाई परिचालन गरिसकेको छ ।

बिहान र साझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुनः अपिल गरेकाे छ । स्थानीय स्तरमा खाधान्नका पसलहरु समेत पुर्णरुपमा बन्द गर्न अाब्हान गरेको छ । नागरिकको स्वास्थ सुरक्षालाई मध्येनजर गर्दै अति अाबश्यक भन्दा अरुकाममा घरबाहिर निस्कन राेक लगाएको प्रमुख जिल्ला अधिकारी गाेबिन्द प्रसाद रिजालले जानकारी दिए ।

हामिले जिल्लाबासिकाे सुरक्षालाई मध्येनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरिरहेका छाै तर प्रसासनलाई नागरिकले घरभित्र बसेर सहयोग गर्नुपर्याे ।”प्रजिअ रिजालले भन्नुभयो “काेराेना नियन्त्रण गर्ने अभियानमा अाजसम्म सबैकाे भुमिका महत्त्वपूर्ण छ तर भाेलि अाउन सक्ने भयावह परिस्थितिलाई पनि हामिले समयमै अाकलन गर्नुपरर्छ “।

लकडाउन लागु भएको दशदिन सम्मपनि नागरिकहरु साझ र बिहानको समयमा घरबाहिर अावतजावत गर्नेकाम नराेकिएकाे व्यापक जनगुणासाे बढेपछि स्थानीय प्रसासनले जिल्लाकाे घाेराहि,तुलसिपुर,लमही भालुबाङ र गाउँमा पनि नागरिकलाई अावतजावत र हिडडुल गर्न पुर्णरुपमा राेकलगाईएकाे छ ।

स्थानीय प्रसाशनकाे अनुमानिबिना लकडाउन उल्लङ्घन गर्ने जाेकाेहि नागरिकलाई पनि स्थानीय प्रसाशनले कानुन अनुसार कार्बाहि गर्ने पनि बताईएकाे छ । लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन खाधान्न,तरकारी ,डेरि पसल समेत पुर्णतः बन्दगर्न सबैलाई अाब्हान गरिएको छ ।

यता तुलसिपुरमा सनिवार बिहान भएको छलफल र विभिन्न निकायसङ्गको टेलिफोन सम्बादपछि स्थानीय प्रसासन,उपमहानगरपालिका र उधाेगबाणिज्य सङघले तुलसिपुरमा सर्बसाधारणकाे स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हप्ताको तिनदिनमात्रै खाधान्न पसलहरु खाेल्ने निर्णय गरेको तुलसिपुर उधाेग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावलले जानकारी दिए ।

अध्यक्ष रावतका अनुसार अबदेखि हप्तामा तिनदन अाईतबार,मगलबार र शुक्रबार बिहान ९ बजेसम्म मात्रै खाधान्न र अति अाबश्यकका पसलहरु खाेल्ने निर्णय गरेकाे हाे । साझकाे समयमा कुनै पनि पसल नखाेल्न र नागरिकलाई घरबाहिर निस्कन राेक लगायकाे छ ।
अस्पताल र मेडिकलहरु भने जतिबेलापनि सेवादिनुपर्ने भन्दै चाैबिसैघण्टा खुल्ला राख्नुपर्ने उल्लेख्य गरिएको छ ।

अस्पतालले जस्तोसुकै बिरामीको भर्ना लिन र सेवा दिनुपर्ने भन्दै कहिकतैबाट केहि कमिकमजाेरि भएको पाईएमा दर्ता खारेजि देखि हदैसम्मको कार्बाहि हुनसक्ने छ ।केही शङ्का लागेका बिरामीहरु अाएकाे खण्डमा क्वारेन्टाइनमा पुर्याउने बाताबरण श्रृजना गर्न भुमिका खेल्नपनि सबैसग अाब्हान गरिएको छ ।

नेपाल सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनकाे नागरिकले उल्लङ्घन गरेकाे र कार्यान्वयनमा फितलो भएको भन्दै स्थानीय प्रसासनले झनपछि झनकडा रुपमा प्रर्स्तुत हुनलागेको हाे । छिमेकी राष्ट्र भारत र बिश्वपरिबेशलाई मध्यनजर गर्दै सरकारले लकडाउन केही हप्ता लम्ब्याउन सक्ने श्राेतहरुले बताएका छन ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *