
तुलसीपुर, चैत २१ । तुलसीपुर लेखापढी कानुन व्यवसायी एसोसियसनले मेयर कोषमा ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ ।कोरोनाको महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लक–डाउनमा समस्यामा परेकाहरुलाई राहात पुगोस भनेर उक्त रकम सहयोग गरिएको एसोसियसनका अध्यक्ष हरिलाल पौडेलले जानकारी दिए ।
शुक्रवार एसोसियसनका पदाधिकारीले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरेको अमृतप्रशाद शर्माले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार