२०८१ फाल्गुन ६ गते मङ्गलवार

आपसमा पैंशा उठाएर नेबिसंघका नेताले बाडे मास्क र ग्लोप्स

तुलसीपुर, चैत २० । बिश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट जोगाउन नेपाल बिद्यार्थी संघका नेताहरुले तुलसीपुरमा मास्क र ग्लोप्स बितरण गरेका छ्न ।

बिहिवार उनीहरुले प्रहरी चौकी बेलुवा,सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर,प्रहरी पोस्ट बसपार्क र तुलसीपुर उपहानगरपालिका वडा न ५ का केही टोलमा पुगेर माक्स र ग्लोप्स बितरण गरेको नेबिसघ दाङका जिल्ला सदस्य किरण केसीले जानकारी दिए ।

जनता संगको प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई कोरोना भाईरसको संक्रमणको जोखिम उच्च रहने हुँदा नेबिसघका केही युवाहरु आपसमा संकलन गरेको रकमले मास्क र ग्लोप्स बितरण गरेको केसीले बताए ।

वितरण अभियामा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का वडा सदस्य अजय बुढाथोकी, नेविसंघका नेता अनिल कार्की,तरुण द्ल तुलसीपुर ९ का सभापति बिष्नु खत्री,नेबिसघ तुलसीपुरका सभापति राजिब पान्डे, नेबिसंघ राप्ती बबई क्याम्पस तुलसीपुरका सभापति बसन्त बस्नेत,उपसभापति प्रभास लामिछाने लगाएतका खटेका थिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *