बालाराम खड्का,
तुलसीपुर, १८ चैत । नेपाल काँग्रेस दाङले कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा यसको जोखिम न्यूनिकरणका लागि आ–आफनो ठाउँबाट सहयोग गर्न सवैमा अनुरोध गरेको छ । काँग्रेस दाङको सभापति किर्तिबहादुर खड्काले आज एक वक्तव्य जारीगदै नेपालले अपनाउनु पर्ने सतर्कता बारे सबै गम्भीर हुन आवश्यक रहेको भन्दै जोखिम सामना गर्न सरकारलाई पार्टीको सम्पूर्ण साथ सहयोग रहने उल्लेख छ । यसलाई प्रभावकारीता बनाई यस बेला सहमति सहकार्य सह अस्थीत्व कायमगरि सवैले यस जोखिमलाई न्यूनिकरण गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।
सम्भावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकार थप जिम्मेवार हुनुपर्ने भन्दै सरकारले गरेको लकडाउनलाई सवैले पालना गरि आफुपनि बचनु र अरुलाई पनि बचाउनु पर्ने बताएको छ ।
सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था आएकाले सहजरुपमा राहतको व्यवस्था गर्नपनि काँग्रेसले माग गरेको छ । राहतपनि विभेदीकरण नगरि समानरुपले वितरण र उपलव्ध गराउन माग समेत काँग्रेसको छ ।
स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछौ विज्ञप्तीमा पनिएको छ ।
यस अवस्थामा दिनरात सेवा तथा सुरक्षामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरक्षा कवज को व्यवस्था गर्नपनि सरकार तथा सम्वन्धीत निकायहरु समक्ष नेपाली काँग्रेस दाङ जोडदार माग गरको छ ।
यस परिस्थितिमा सरकारपनि संकुचित नभई अलिफराकीलो हुन जरुरीरहेको भन्दै काँग्रेसले जोखिमलाई न्यूनिकरणगर्न जिल्लाका सम्पूर्ण तह र तप्तामा बस्नुभएका नेपाली काँग्रेसका नेताहरुसवै तहका जिम्मेवार पदाधिकारी,निर्वाचित जनप्रतिनिधिहरु, भातृ तथा सुवेच्छुकसंस्थाहरु आ–आफनो ठाउँबाट कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्नका लागि सचेत सचेतिकरणमा सक्रिय पूर्वक लाग्न आह्वान समेत गरिएको छ ।