२०८१ असोज ४ गते शुक्रवार

‘लक डाउन’चैत २५ गतेसम्म लम्वियो

मन्त्रिपरिषद बैठक । तस्बिर: सूर्य थापाको ट्वीटरबाट

काठमाडौँ,चैत १६ । कोरोना भाइरसको संक्रमण वाट बच्नका लागि सरकारले ‘लक डाउन’को अवधि ७ दिन थप्ने निर्णय गरेको छ। यसअघि चैत ११ देखि १८ गतेसम्म लक डाउन घोषणा गरिएको थियो । तर, आइतवार बालुवाटारमा बसेको मन्त्रीपरिषद बैडकले लक डाउनको अवधि ७ दिन थप गरि चैत २५ गतेसम्म पुर्याएको छ ।

आइतवार नै बसेको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेको थियो ।

त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले चैत २५ गते विहान सम्म लक डाउन जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

नेपालमा हालसम्म पाँच जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवलमा आइतवार आइसोलेसनमा बस्दै आएका ३४ बर्षीय बाबुराम थापाको मृत्यु भएको छ । सैनामैना नगरपालिका निवासी थापा चैत ६ गते दुबईवाट काठमान्डौं आएका थिए । यद्यपी उनको मृत्युको कारण कोरोनाकै कारण भएको हो भन्ने पुष्टि हुन भने बाँकी नै छ ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *