२०७८ असार ४ गते शुक्रवार

बुटवलमा कोरोना आशंका गरिएका एक युवाको मृत्यु

बुटवल, चैत १६ । बुटवलमा अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ।सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको छ ।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाइरहेका थिए ।घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते धागो कारखानास्थित आइसोलेनस अस्पतालमा भर्ना हुन आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको मृत्युको कारण भने भन्ने पुष्टि भइसकेको छैन । मृतकको स्वाब परीक्षणको लागि काठमान्डौं पठाइएको भएपनि अझैं रिपोर्ट आइसकेको छैन । थापाको मृत्यु कोरोना भाइरसका कारण भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *