
तस्बिर : राजेश खत्री
तुलसीपुर, चैत १५ । पाँचौ दिनसम्म आइपुग्दा दाङमा सरकारले जारी गरेको ‘लक डाउन’ अवज्ञा गर्नेहरुको संख्या घट्दै गएको छ ।
यो बीचमा प्रहरीको सक्रियता र कोरोना संक्रमण बारे नागरिक स्वएंममा आएको चेतनाका कारण अबज्ञा गर्नेहरुको संख्या घटेकोअनुमान गरिएको छ ।
चैत ११ गते सुरुको दिनमा प्रहरीले दाङमा ३ सय ५० सवारी साधन नियन्त्रणमा लिएको थियो । दोस्रो दिन ३ जना मानिस र २ सय ५६सवारी साधन , तेस्रो दिन ९८ मानिस र ७० सवारी साधन, चौथोदिन शुक्रवार ६३ सवारी साधन र शनिवार पाँचौ दिनसम्म आइपुग्दा २४सवारी साधन मात्रै नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले प्रहरीको सक्रियता र नागरिकको चेतनाका कारण ‘लक डाउन’ उलंघन गर्नेहरुको संख्या घट्दैगएको बताए ।
‘समाजिकरुपमा दुरी राख्न सकेमा मात्रै कोरोना संक्रमणबाट बच्न सकिन्छ,’ डिएसपी खड्काले भने ‘ त्यो भनेको अत्यावश्यक कामनपरी घर बाहिर नस्किने नै हो ।’प्रहरीले मनपरी हिडडुल गर्नेलाई उठबस गराउनुको साथै कुटपिट समेत गर्ने गरेको छ ।