२०७८ जेष्ठ २ गते आइतवार

कर्णाली विपत कोषमा मन्त्री र कर्मचारीले १ महिनाको पारिश्रमिक जम्मा गर्ने

सुर्खेत, चैत्र १४ । कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीको स्वकिय सचिवालयमा कार्यरत कर्मचारीहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने भएका छन ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माको समन्वयमा शुक्रवार विहान वसेको स्वकिय सचिवालयको वैठकले १ महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि उक्त कोष स्थापना गरिएको छ ।

स्वकिय सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाले आफुले पाउने १ महिनाको पारिश्रमिक रकम कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेमवहादुर सिंहले जानकारी दिए ।

सचिवालयको मुख्य पदमा कार्यरत ५ जनाको १ महिनाको पारिश्रमिकमा सामाजिक सुरक्षा कर कट्टी गरेर प्राप्त हुने रकम १ लाख ९८ हजार आठ सय ९० रूपैंया कोषमा जम्मा हुने छ ।

मुख्यमन्त्रीको स्वकिय सचिवालयमा राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकी, प्रमुख स्वकिय सचिव खेमवहादुर सिंह र स्वकिय सचिव धर्मराज शाही (सुमन) कार्यरत छन् ।

विहिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले प्रदेश विपत व्यवस्थापन कोष स्थापना गरेको हो । त्यसमा मुख्यमन्त्री लगायत सवै मन्त्रीहरूको १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको थियो । त्यसका साथै कोषवृद्धिका लागि जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी व्यवसायी र ईच्छुक व्यक्ति एवं संस्थाहरूलाई पनि सहयोगको आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *