२०८१ बैशाख ८ गते शनिवार

दाङमा ‘लक डाउन’ अवज्ञा गर्ने साढे ३ सय सवारी साधन प्रहरी नियन्त्रणमा

तस्बिर : राजेश खत्री

तुलसीपुर, चैत ११ । दाङमा सरकारले जारी गरेको ‘लक डाउन’ उलंघन गर्ने साढे तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दूई सय ७३ मोटरसाईकल, ट्रक ३६ वटा, सानो गाडी १३ वटा, टिप्पर १० , अटो १०, ट्रयाक्टर ७, र एउटा बस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार सबै भन्दा बढी तुलसीपुर क्षेत्रवाट एक सय ६७ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । ‘लक डाउन’को पहिलो दिनमै साढे तीन सय संख्यामा सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए ।

कोरोना रोकथाम गर्ने सरकारी प्रयासमा उच्च सर्तकता अपनाउन आग्रहसहित पहिलो दिन चालकलाई छोडिएको भएपनि बुधवारदेखि नियन्त्रणमा लिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनले जिल्लाका प्रमुख सहरहरुमा माईकिङ गर्दै अत्यावश्यक काम बाहेक घरबाट नसिस्कन सर्वसाधारणलाई आग्रह गर्दैै आएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले त्यस्तो आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *