२०८० चैत्र १५ गते बिहिवार

कारोनाको असर : कुखुरा पालक किसान चिन्तित


यमकला भुसाल,
तुलसीपुर,चैत ११ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ की गंगा भुसालले कुखुराको मुल्य घटेपछि चिन्तित छन् । लक डाउन पछि झनै के हुने हो ? भन्ने अन्यौंलमा छिन् । तुलसीपुर ७ कै दिपक शर्माको चिन्तापनि उस्तै छ ।कुखुरा विक्रि हुन छोड्यो अब लगानी डुब्ने भयो भन्ने चिन्तानमा उनी जस्ता धेरै कुखुरा पालक किसान छन् ।

‘कुखुरा ४६ दिन पुगिसके,’ उनले भने ‘सप्लार्यसले कुखुरा उठाउने सुरसार गरेका छैनन्। अब के हुन्छ भन्न सक्ने अवस्था छैन।’कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेका हुँदा त्यसको प्रत्यक्ष मारमा कुखुरा पालक किसान पनि परेका छन् ।

ब्रोइलर कुखुराको मासुमा उल्लेखनिय गिरावट आएको तुलसीपुर कुखुरा व्यवसायी समितिका अध्यक्ष संगम पौडेलले बताए ।‘मानिसहरुले हल्लैहल्लामा मासु खान छोडे,’ उनले भने’,–‘मासु बिक्रि हुन छोडेपछि मुल्य पनि ह्वात्तै घट्यो ।’

उत्पादित ब्रोइलर कुखुराहरु बिक्री हुन छोडेको बताए । जिल्ला बाहिर जाने कुखुरा समेत बन्द भएको छ । लक डाउनका कारण व्यवसायी झनै मर्कामा परेको उनले बताए ।

घोराही कुखुरा व्यवसायी समितिका सचिव चन्दन भण्डारीले कोरानाको हल्ला आएपछि अधिकांश मानिसहरु सहर छोडी गाँउतिर जाने गरेको हुँदा मासुको माग ह्वात्तै घटेको तर्क गरे ।

कुखुराको मुल्य फरक–फरक
दाङका बजारमा ब्रोइलर कुखुराको मुल्य फरक–फरक छ । तुलसीपुर क्षेत्रमा चैत १ गतेसम्म खोर काटा कुखुराको मुल्य प्रतिकेजी १ सय ९० रहेको भएपनि केही दिन यता मुल्य ह्वात्तै घटेर १ सय ५० रुपैंयामा झरेको व्यवसायीले बताएका छन् । काटेको मासु केजीको २ सय ५० रुपैंयामामा खरिद विक्रि हुँदै आएको छ ।

घोराहीमा जिउँदो ब्रोईलर कुखुरा १ सय ६० रुपैया छ भने फ्रेस मासु २ सय ४० रुपैया छ । किसानले उत्पादन गरेका जिउँदा कुखुरामा एकरूपता हुन नसक्दा उपभोक्ता मारमा परेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *