काठमाडौं, चैत ९ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए।
कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएका हौं। कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन। कहिलेसम्म भन्ने छैन,अनिश्चित हो। जिल्लाभर नै हुन्छ, उनले भने।
भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार