दाङ, चैत ९ । बाँकेस्थित रूपैडिया नाका एक हप्ताको लागि बन्द गरिएको छ। कोरोनाभाइरस संक्रमण नेपाल भित्रिन नदिन सीमामा कडाइ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल(भारत दुबैतर्फका अधिकारी सम्मिलित आइतवारको बैठकले एक साता सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
नाकाबाट मानिसको आवतजावत बन्द गरिए पनि मालवाहक सवारी साधन निर्वाध आउन दिने सहमती भएको उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार