२०८१ बैशाख ७ गते शुक्रवार

बजारमा कृतिम अभाव सृजना गरे कारवाही – बाणिज्य संघ

शरद रेग्मी,
तुलसीपुर, चैत ९ । तुलसीपुर उद्योग वाणिज्य संघले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रह गरेको छ ।विश्वभरी नै महामारीका रुपमा फैलिएको कोभिड—१९ को संक्रमणको समयमा बजारमा कालोबजारीको संभावना व्याप्त रहेको बेला संघले कुनैपनि सामान नलुकाउन आग्रह गरेको छ ।

संघका अध्यक्ष विरबहादुर रावत र महासचिव रुपबहादुर खत्रीले संयुक्त विज्ञप्ति जारी गर्दै बजारमा कुनैपनि बस्तुको कृतिम अभाव सृजना नगर्न आग्रह गरेका हुन ।

कृतिम अभाव सृजना गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिइएको छ । त्यस्तो अवस्था सृजना गरिए प्रहरी प्रशासनको सहयोग लिएर भएपनि विभिन्न भन्सार नाकाबाट सामान ल्याउन सकिने आश्वासन समेत दिइएको छ ।

साथै कोरोनावाट जोगिन व्यवसायीलाई बजार सरसफाई र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ ।

संघले कुनैपनि व्यापारीलाई भवि तव्य रुपमा कुनैपनि समस्या भए मेला महोत्सववाट बचेको राहत कोषबाट सहयोग गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *