२०८२ असार ९ गते मङ्गलवार

अब अरु हिराहरुको यसरी अनाहकमा हत्या नहोस – बुवा मानबहादुर डाँगी

तुलसीपुर, चैत   स्वर्गिय हिरा डाँगीका बुवा मानबहादुर डाँगीले आफ्नो छोराको जस्तै गरि कसैको पनि अनाहकमा हत्या हुन नपावसभन्ने कामना गरेका छन्

नेपाली काँग्रेसका नेता तथा सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष समेत रहेका डाँगीले त्यसको लागि प्रहरी प्रशासन थप सजगहुनपर्ने आवश्यक्ता औंल्याए

राज्य थप जिम्मेवार हुनुपर्छ, प्रहरी प्रशासन थप सजग हुनुपर्छे,’अध्यक्ष डाँगीले भने–‘दोषी कोही उम्कन नपवास निर्दोष नपरुन।

अध्यक्ष डाँगीले छोराको हत्या भएको हप्तादिन वित्नै लाग्दा समेत घटनामा संलग्न सबैलाई प्रहरीले पक्राउ गर्न नसक्नुले राज्यको सुरक्षाअवस्थाको चित्रण हुने बताए

उनले समाजमा दण्डहिनता अन्त्य हुनुपर्ने अपराधकर्म अन्त्य गर्न प्रहरी प्रशासन लाग्नुपर्नेमा जोड दिए अभिभावक समाजले समेतहत्या हिंसाका विरुद्ध बोल्न आवश्यक रहेको उनले बताए

उनले घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारवाही हुनुपर्ने माग गरे पीडितलाई न्याय दिलाउन दोषीलाई कानुन बमोजिमकारवाही गर्नको लागि यस्ता घटनामा सबै पक्षले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष डाँगीले बताए

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *