२०७७ फाल्गुन १८ गते मङ्गलवार

टेण्डरको कागत च्यातेको आरोपमा एक युवा पक्राउ


 
घोराही, चैत ३ । दाङमा जवरजस्ति टेण्डर च्यातेको आरोपमा एक युवालाई परेका छन् । थप दुई जना फरार रहेको छन् । टेण्डर हाल्नवाट रोक्न खोजेपछि प्रहरीले निर्माण ब्यवसायी घोराही १४ मिलनचोक निवासी उमेश थापालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र ब्यवहार सम्वन्धि मुद्दा चलाएर कानुनी उपचार खोजिने प्रहरीले बताएको छ ।

सोमवार जिल्ला समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले निकालेको टेण्डरमा टेण्डर हाल्न गएका निर्माण ब्यवसायिहरुलाई रोक्न रोक्न खोज्ने र टेण्डर हाल्न प्रयास गर्ने ब्यवसायीका बीचमा हातपातको प्रयास भएको थियो ।

समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले झन्डै २ करोडको पुर्वाधार सम्वन्धिको टेण्डर आह्रवान गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *