तुलसीपुर, चैत ३ । तुलसीपुरको मलवारमा बसवाट झर्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ बर्षीया सुशीला वलीको बसवाट झर्ने क्रममा लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमवार विहान ८ ः ४० बजेतिर तुलसीपुरवाट मलवार तर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्वरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा विहान ९ बजेतिर मृत्यु भएको हो ।
प्रहरीले बसका चालक र रिचालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार