२०८१ भाद्र २३ गते आइतवार

उपभोक्तालाई अधिकारप्रति सचेत वनाउनुपर्ने


तुलसीपुर,चैत २ । उपभोक्ताहरुलाई आफ्नो अधिकारप्रति सचेत वनाउन सके मात्रै वजारमा हुने विभिन्न खालका अनियमितता रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । कुनैपनि सामान किन्दा त्यसको सबै पक्षबाट गुणस्तरियता परीक्षण गर्न आवश्यक हुने उनीहरुको सुझाव छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको संवाद कार्यक्रममा उपभोक्ता अधिकार मञ्च दाङका अध्यक्ष केशबकुमार शर्माले स्थानीय सरकारमा अनुगमन र नियमनको अधिकार प्रत्यायोजन भएपनि सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको वताए । उनले कतिपय स्थानीय तहमा उपभोक्ता हित संरक्षण शाखा समेत स्थापित हुन नसकेको गुनासो गरे ।

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख गंगावहादुर खत्रीले उपभोक्ताको अधिकार रक्षाका लागि कानुनका साथै नियमन गर्ने निकाय समेत हुँदापनि अझै मिसावट र कालोवजारीमा समस्या रहेको वताए । उपभोक्ताका अधिकार धेरै किसिमका रहेको हुँदा उपभोक्तालाई जानकार गराउनु पर्दछ पर्ने उनले बताए ।
उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानले स्वास्थ्य क्षेत्रमा उपभोक्ताको अधिकार धेरै हनन हुने गरेको वताउँदै त्यसलाई आफुले नियमन गर्ने आश्वासन दिए ।

एक जना डाक्टरले एकै दिनमा १ सय जनासम्मलाई चेकजाँच गर्नु कानुन विपरित भएको उनको भनाई थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका विवेक वञ्जाराले वजारमा प्लाष्टिकको चामल र अण्डा विक्री हुने भ्रमपुर्ण समाचारले उपभोक्तालाई त्रासमा पारेको वताए ।

उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी रेवा रावतले अनुगमनलाई नियमितता दिनुका साथै आवश्यकलाई कारवाही गरेको कुरामा समेत उनले जोड दिइन् । कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *