२०८१ बैशाख ६ गते बिहिवार

प्रधानमन्त्री ओली अस्पतालवाट डिस्चार्ज

काठमान्डौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन । प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।

१२ दिनको अस्पताल बसाई पछि डिस्चार्ज भएका प्रधामन्त्री ओली सरकारी निवास बालुवाटार गएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राख्न आइसोलेसन कक्ष बनाइएको छ। संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई केही समय छुट्टै राखिने चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्रीको पेटमा एउटा पाइप अझैं राखिएको र बालुवाटारमा पनि निगरानी गर्ने उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *