iploc
दाङ,फागुन २९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा राप्ती ब्यूरोले राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्था र गाउँमा लघु वित्त (माइक्रोफाइनान्स) सञ्चालन गर्नेहरु माथि प्रतिबन्धको घोषणा गरेको छ ।सरकारले उक्त समुहलाई प्रतिबन्ध लगाएको एक बर्ष पुगेको अवसर पारेर विप्लव नेकपाको राप्ती ब्यूरो इञ्चार्ज समरले ‘लालपत्र’ जारी गर्दै त्यो जानकारी दिएका छन् ।
समरले आफुहरु माथि लगाइएको प्रतिवद्ध प्रतिरोध गर्न र समाज सुधारको क्षेत्रमा आकस्मिक क्रान्ति गर्न राप्ती क्षेत्रमा क्रियासिल विभिन्न सरोकारवाला संघ संस्था, आम नागरिक तथा प्रदेश सरकारदेखि स्थानीय सरकार समेतलाई जानकारी र कार्यान्वयनका लागि लालपत्र जारी गरेको उल्लेख गरेका छन् ।
समरले जारी गरेको लालपत्रमा बेलगाम सबैतिर बृद्धि गरिएको करले जनता आजित भएको, जनतप्रतिनिधि भ्रष्टचार र कमिसनमा लिप्त रहेको भन्दै सरकारको कार्यसैलीको विरोध गरिएको छ । त्यस्तै कालापानी, लिम्पियाधुरा र लिपुलेक लगाएतका स्थानमा हजारौं हेक्टर जमिन भारतले आफ्नो नक्शामा समावेश गर्दापनि सरकारले मौसमी राष्ट्रवादको कुरा गर्दै बसेको आरोप लगाइएको छ ।
लालपत्रमा प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्र कै शैलिमा आफ्नो फोटो प्रचार गर्न र जन्मदिनमा करौडौं रकम आफ्ना नेता कार्यकर्तालाई वितरण गरेको भन्दै त्यसको विरोध गरिएको छ ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने कागजी नाराका कारण ‘कंगाल नेपाल र दुःखी नेपाली’को तितो सत्य व्यवहारिक रुपमा अभिव्यक्त हुन पुगेको समरले जारी गरेको पत्रमा उल्लेख छ ।
समरेले लेखेको छन्–‘आफुलाई कम्युनिष्ट बताउने सरकारको नेतृत्व गरिरहेका नेताहरुको न कम्युनिष्ट चरित्र छ न त उनीहरुले सञ्चालन गरिरहेको सररकार नै कम्युनिष्ट भन्न लाएक छ।’
समरले राप्ती क्षेत्र जनयुद्ध कालको केन्द्रीय आधार इलाका भएको,प्रत्येक डाँडाकाँडा र खोलानाला सहिदको रगतले सिंचित भएको भएपनि आज राप्ती क्षेत्रले भोगेको र दखेको गद्दारी र प्रतिक्रान्तिलाई पुनः एकीकृत जनक्रान्तिको थालनी गरेको लालपत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले यो बीचमा राप्ती क्षेत्रमा मात्रै झन्डै १५० जना नेता कार्यकर्तालाई केपी ओली नेतृत्वको सरकारले विनाकारण गिरफ्तार गरि दुःख दिदै आएको भएपनि अधिकाँस न्यायालयको क्षेत्रवाट मुक्त भइ पुनः पार्टीको काममा फर्किएको पनि उल्लेख गरेका छन् ।
विप्लवले के कस्ता कुरामा प्रतिबन्धको घोषणाको दाबी गरेको छ ? (हेर्नुहोस)
१. अरबौ कर छली गर्ने लुटेरा दुरसंचार प्रदायक कम्पनी एनसियलका सिम कार्ड र रिचार्ड कार्ड आयत(निर्यात बिक्रि(वितरणमा प्रतिवन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ।
२. कथित लघुबित्तिय सस्था र माइक्रोफाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पूर्ण सस्थाहरुलाई प्रतिवन्ध गर्दै आम किसान मजदुरलाइ रिन (कर्जा)नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धि बित्तीय सस्थालाइ हाम्रो पार्टी चेतावनीमुलक निर्देशन गर्दछ ।
३.लागुऔषध दुर्व्यसनले समाजलाई दिनप्रतिदिन बिकृत विघटित र अपराधिकरन पार्दै लगिरहेकोले लागुपदार्थको प्रयोग तथा बिक्रि वितरण नगर्न रनगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।
४.सोझा साझा जनतालाइ गरिबी,आर्थिक अभाव बेरोजगारी र अशिक्षाको फाइदा उठाउदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर नेटवर्किङ व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजु भाइ तथा दिदी बहिनी लाई उक्त कार्य संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पुर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाई हाम्रो पार्टी निर्देश गर्दछ।
५ मजबुरिमा पारेर वा परेर चर्को व्याजमा रिन प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर(व्याजी, साहु(महाजन लाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पती अविलम्ब फिर्ता गर्न र चर्को ब्याज दरमा लिएको रिन नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ।
६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मत्तियारका रुपमा केन्द्र देखि स्थानीय सम्म क्रीयाशिल तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनिहरु द्वारा निर्दे्िशत उपभोक्ता समिती लाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।
७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चलचित्रमा पुर्णरुपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।
८.कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला नाला तथा काठ चोरीपैठारी तस्करी गर्ने लगायतका अवैध कार्य गर्ने कथित उधोगी व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहिन काम गर्ने निमार्ण व्यवसायीलाई बहिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।
९. विभिन्न नाममा धर्मसंस्कार सस्कृतति र समाज बिरोधी व्यापारीक प्रयोजनमा गरिने मेला(महोत्सव र महायज्ञ नगर्नर नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ।
१०.जनसत्ताको नीति नियम र अनुमति बेगर संचालित एनजियो आइएनजियोलाई प्रतिवन्धित गरिएको छ ।
११.गुण्डागर्दीर जुवातासर जाडँ सक्सि बाल तथा बहुविवाह र यौन व्यभिचार र मानव तस्करिर ढुकुटी लगायत सामाजिक अपराधका मुलकारक भएको हुदा त्यस्ता कार्य नगर्नर नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।
१२. ज्यानमारा बिषालु रक्सी उत्पादन बिक्री वितरण तथा उपभोग नगर्न र नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।
१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्यापारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया कमिसनखोरलाई जनपरिसदको केन्द्रिय नीति अनुरुप जनकार्वाही गरिने छ ।