दाङ,फागुन २९ । नेपाली काँग्रेस दाङका पूर्व सचिव शंकर गिरी प्रदेश सांसद हुने भएका छन् । जेष्ट प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेलको निधन पछि रिक्त स्थानमा गिरीलाई प्रदेश सांसद बनाउन निर्वाचन आयोगमा काँग्रेसले सिफारिस गरेको छ ।
काँग्रेसले प्रदेश ५ को प्रदेश सभामा समानुपातिक तर्फको प्रदेश सदस्यका लागि नेता गिरीको नाम यसअघि नै स्वर्गीय शर्मापछि दोस्रो नम्वरमा सिफारिस गरेको थियो ।पार्टी सभापति शेरबहादुर देउवाले नेता गिरीलाई प्रदेश सांसद बनाउन निर्वाचन आयोगलाई नाम सिफारिस गरिसकेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभा सदस्य समानुपातिकतर्फ रिक्त सदस्यमा गिरीको नाम सिफारिस गरेर पठाएको जानकारी दिए ।
निर्वाचन आयोगले गिरीलाई प्रदेश सभा सदस्य बनाउने निर्णय गरेपछि मात्रै राजपत्रमा त्यो प्रकाशित गर्ने गर्छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै आयोगले प्रदेश ५ को प्रदेश सभालाई गिरीलाई शपथ गराउन पत्रचार गर्ने छ । यो सबै प्रक्रिया पुरा गर्न सरासर काम भए कम्तिमा एक हप्तादिन लाग्न सक्ने श्रेष्ठले जानकारी दिए ।
नेता गिरीको पार्टीमा योगदान
ठेगाना : तुलसीपुर उपमहानगर–१२, कचिला, दाङ
शैक्षिक योग्यता : वी.ए.
जन्ममिति : २१ पुस २००९
मातापिता : स्व. लक्षीमा देवी गिरी÷स्व. कुलबहादुर गिरी
राजनैतिक सक्रियता
१) २०२७ साल पौष १ गते राति राप्ती अंचलाधिश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीतिको शुभारम्भ ।
२) नेपाली कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पिस्तोल काण्डमा नेपालगंजमा गिरफ्तार ।
३) २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव (समितिको आधिकारीतामा छलफल हुँदा वीपी कोइरालाद्वारा अनुमोदित कांग्रेसको कार्य समिति ।)
४)२०३८ सालको आमनिर्वाचन वहिष्कारको क्रममा दाङ जेलमा ।
५) २०४२ सालको सत्याग्रहमा दाङ जेलमा ।
६)पार्टीमा २०३६ देखि २०४५ सम्म र २०५९ देखि २०७२ सम्म निरन्तर जिल्ला कार्यसमितिमा विभिन्न भुमिकामा ।
७) २०४० सालमा राप्ती अंचल केन्द्रीय सम्पर्क समितिको सदस्य ।
८) २०४० देखि २०४९ सम्म मावि तहको प्रधानाध्यापक र सक्रिय शैक्षिक नेतृत्व गर्दा विभिन्न समयमा गिरफ्तारी ।
९) २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता ।
१०) पार्टीको नवौं, दशौं, एघारौं, वाह्रौं र १३औं महाधिवेसनमा प्रतिनिधित्व ।
११) २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भुमिकामा ।
१२) राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा ।
१३) २०६२÷६३ को आन्दोलनमा गिरफ्तारी ।
१४) माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौ पटक वार्तामा ।
१५) पार्टीको प्रशिक्षकका रुपमा विभिन्न जिल्लामा प्रशिक्षण कार्यमा सहभागी ।
१६) नेपाली कांग्रेस केन्द्रीय संगठन विभागको पूर्व सदस्य ।
१७) २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार रहेको ।
१८) २०७४ को आम निर्वाचनमा ५ नं. प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार रहेका थिए ।