तुलसीपुर,फागुन २९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बारे चेक जाँच गर्न तुलसीपुरमा हेल्प डेस्क राखिने भएको छ ।
भारतबाट आउने यात्रुहरुलाई लक्षित गरेर वडा नम्वर १३ को दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई लक्षित गरेर तुलसीपुरल विमानस्थलमा चेकजाँच डेस्क स्थापना गरिने भएको छ ।
कार्यपालिकाको विहीवार बसेको ८१औं वैठकले त्यो निर्णय पारित गरेको हो । उपमहानगरपालिकाका प्रबक्ता सुर्यवहादुर डाँगीले कोरोना बारे आवश्यकता अनुसार थप अरुपनि काम गरिने बताए ।
स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेका अनुसार हेल्प डेस्कमा ज्वरो जाँच गर्ने थर्मल गन राखिने भएको छ ।
कोरोनाको आशंका हुने वित्तिकै राप्ती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा त्यस्ता ब्यक्तिलाई राखिने उनले बताए ।
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार