२०८१ भाद्र २६ गते बुधवार

खाद्यान्नको जग्गा भाडाबारे फरक – फरक धारणा

घोराही, फागुन २८ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित खाद्य संस्थानको जग्गा भाडामा लगाउने निर्णय बारे फरक फरक धारणा सार्वजनिक भएका छन् । संस्थानको १५ कट्ठा १४ धुर जग्गा महिनाको १ लाख ११ हजार १ सय रुपंैया तिर्ने गरि भाडामा दिएको प्रति विभिन्न व्यक्तिले फरक फरक मत राखेका छन् ।

उक्त जग्गा नेकपा दाङका नेता विश्वराज आचार्यले प्रक्रिया अनुसार भाडामा लिएका छन् ।
नेकपा घोराही उपमहानगरपालिका अध्यक्ष राममणि पाण्डेले जतिसुकै प्रक्रिया पुर्याएर जग्गा भाडामा दिने निर्णय भएको भएपनि त्यो स्वीकार्य नहुने बताएका छन् । उनले विपत्तको समयमा सर्वसाधारण नागरिक बस्ने ठाउँ बजारमा अन्त कतै नभएको हुँदा त्यो जग्गालाई भाडामा लगाउन नहुने तर्क गरे ।

नागरिकको आवाज त्यही भएको हुँदा नेकपा त्यसलाई जोडदार समर्थन गर्ने पक्षमा रहेको हउनले बताए । नेकपाकै नेताहरुले जग्गा भाडामा लिएका छन् नि ? भन्ने पश्न गर्दा उनले व्यक्ति प्रधान नहुने र नागरिकको आवाजलाई पार्टीले आत्मसाथ गर्ने प्रतिक्रिया दिए ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले पनि समान मत राखे । २०७२ सालका भूकम्पको समयमा घोराहीका सर्वसाधारण त्यही खुल्ला मैदानमा बसेर सुरक्षित महसुश गरेको स्मरण गर्दै उनले भविस्यमा आइपर्ने त्यस्तै विपतहरुका लागि खाली जमिन संरक्षण गर्न आवश्यक रहेको धारणा राखे ।
उनले व्यापारिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न नहुने र त्यसलाई ग्रिन पार्कको रुपमा विकाश गर्नुपर्ने तर्क गरे । त्यही मागका साथ नागरिक समाजले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा माग पत्र पेश गरेको पन्तले जानकारी दिए ।

उनले उक्त खाली जग्गालाई नगरपालिकाले स्वामित्व लिएर संरक्षण गर्न आवश्यक हरेको बताए ।
घोराही उपमहानगरपालिकाले यस्ता खाली जग्गा संरक्षण गर्ने निर्णय कार्यपालिकाको बैठक बाटै गरेको छ ।

त्यो सवालमा नगरप्रमुख नरुलाल चौधरीले निर्वाचित भए लगतै नेसनल टे«डिङ खारेज भएको खवर पाएपछि कार्यपालिकाले त्यो निर्णय गरे बमोजिम आफुहरु सम्वन्धित मन्त्रालयमा उक्त माग सहित पुगेको बताए ।

तर त्यो जग्गा नेसनल ट्रेडिङवाट खाद्य संस्थानमा हस्तान्तरण भएपछि त्यो आफुहरुको सरोकारको विषय नहुने उनले बताए । यद्यपी उनले त्यो जग्गा नगरको स्वामित्वमा ल्याउन र त्यो जग्गा खाली राख्न आग्रहसहित सम्वन्धित मन्त्रालय सम्म पुग्ने उनले बताए ।

जग्गा भाडामा लिएर व्यापारिक प्रयोजनका लागि संरचना निर्माण गरिरहेका विश्वराज आचार्यले भने आफुले प्रकृया पुर्याएर जग्गा भाडामा लिएको हुँदा त्यसमा कसैले पनि आंैला ठड्याउन नमिल्ने बताए ।

विधि, प्रक्रिया र कानुन अनुरुप नै आफुले भाडामा लिएको हुँदा त्यो विपरित भए कुनैपनि सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारे । मिलेमतोमा तपाँईले जग्गा भाडामा लिएको भन्ने आरोप छ नि ? भन्ने प्रश्न गर्दा आचार्यले त्यस्तो भन्नेहरुलाई पत्रिकामा छापिएको सार्वजनिक सूचना हेर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *