हेमराज शर्मा,
दाङ, फागुन २७ । दाङमा वन डढेलालाई न्यूनिकरण गर्न यो बर्षदेखि ‘शून्य वन डढेलो महाअभियान’ शुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले गर्मीयाममा समस्याका रुपमा रहेको वन डढेलोलाई शन्य बनाउनका लागि नयाँ र महत्वाकाँक्षी अभियान शुरु गरेको छ ।
महाअभियानको शुरुवाती चरणमा डिभिजन वन कार्यालय अन्र्तगतका कमिरेचौर, सुनपुर र अम्विकेश्वरी सव डिभिजन वन कार्यालयको डिभिजन वन कार्यालय घोराहीमा, नाराणपुर, बिजौरी र तुल्सीपुर सव डिभिजन वन कार्यालयको बिजौरीमा र दंगिशरण र पुरन्धारा शव डिभिजन वन कार्यालयको हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्शांकन अन्र्तक्रिया गरेको छ । कार्यक्रममा सव डिभिजन वन कार्यालयका सम्पूर्ण वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुखहरु र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुहरुको सहभागिता रहेको थियो ।
८३ वटा वन डढेलोको उच्च जोखिममा
शुन्य वन डढेलो महाअभियानको पहिलो चरणमा डिभिजन वन कार्यालय दाङ मातहतका आठ वटा सव डिभिजन वन कार्यालयलाई तीन जोखिम क्षेत्रमा बिभाजन गरी ती क्षेत्रमा पर्ने सवै वन समूहलाई वन डढेलोको संवेदनसिलताका आधारमा जोखिम क्षेत्र पहिचान गरी वन डढेलो जोखिम नक्शा तयार गरिएको छ ।
जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा बर्गिकरण गरिएको छ । जस अन्र्तगत उच्च जोखिममा ८३ वटा वन समूह परेका छन । त्यस्तै, मध्यम खालको जोखिममा ४६ र सामान्य जोखि क्षेत्रमा ४४ वटा वन समूहको रहेको डिभिजन वन कार्यालय दाङका कार्यालय प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार ती वन समूहहरु मध्ये ९२ वटा वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन । ८१ वटा वन समूहहरु भने वन डढेलो नियन्त्रणका लागि निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिका अन्र्तगत रहेका अधिकांश सामुदायिक वनहरु र केही राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ ।
बंगलाचुली र दंगिशरणका गाउँपालिका अन्र्तगतका वन क्षेत्र मध्यम जोखिममा र तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन ।
वन डढेलोको प्रमुख कारण
दाङमा तीन स्थानमा सम्पन्न अन्र्तक्रिया गोष्ठीबाट प्राप्त नतिजालाई डिभिजन स्तरमा गरिएको बिष्लेषण गरी वन डढेलो नियन्त्रण रणनिति तय गर्न डिभिजन स्तरको अन्र्तक्रिया गोष्ठिले डढेलोको मुख्य कारण र समाधानको उपाय समेत पहिचान गरेको छ ।
जस अनुसार वन क्षेत्रमा डढेलो लाग्नुमा पैदल यात्रु, सवारी साधान चालक तथ सहचालकहरु, लुकेर लागू पदार्थ, ध्रुमपान सेवन गर्नेहरुले असावधानीपूर्वक चुरोटका ठुटा ननिभाइ फाल्ने, आमाबाट वन्यजन्तुका पाठापाठीलाई छुटाई पक्रन र काठ चोरी तस्करीका लागि वन क्षेत्रमा पसी आगो लगाउने, हानिकारक बन्यजन्तुको सम्भाब्य आक्रमणबाट बच्न र किराकाटी मार्न, वनमा डढेलो लगाएमा राम्रो घाँस र च्याउ उम्रन्छ भन्ने गलत सोचले समेत वनमा डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार जनचेनताको कमी, वन क्षेत्रमा निर्माण गरिएका सञ्चार टावरहरुले टावरको सुरक्षाका लागि अनियन्त्रित आगो लगाउनु, निकुञ्जले घाँसे मैदान ब्यवस्थापन गर्न, निजी जग्गाधनीले आफ्नो खेतवारीमा रहेका अनावश्यक झार तथा बुट्यान जलाउने, वन क्षेत्रमा कोइला पोल्ने, अरिङ्गाल गोला पोल्ने , पिकनिक खाइसकेपछि आगो ननिभाई छाड्नु, मेलापात जानेले चुरोट खाइ ननिभाई फाल्ने जस्ला खराव बानिले वन क्षेत्रमा डढेलो लाग्ने गर्छ ।
डढेलो नियन्त्रणको रणनीति तयार
डिभिजन वन कार्यालयले शून्य वन डढेलो महाअभियान सफल पार्न भन्दै वन डढेलो नियन्त्रणको दिर्घकालिन र अल्पकालिन रणनिति तयार गरेको छ । जसमा दिर्घकालिन रणनीति अन्र्तगत ठूलो क्षेत्रमा फैलिएर रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने, वन तथा बन्यजन्तु चोरी निकासिमा शुन्य सहनसिलताको नीति अवलम्वन गर्ने, डढेलोको मुख्य कारण मानिएको खर घाँसको ब्यवस्थापनका लागि कागज उद्यम स्थापना गर्न पहल गर्ने, सुरक्षा निकायहरुसंग नियमित समन्वय र सहकार्य गर्ने, सामुदायिक वन उपभोक्ता तथा वन कर्मचारीहरुको क्षेत्रमा अभिबृद्धि गर्ने लगायतका रणनिति तयार गरेको छ ।
त्यस्तै, अल्पकालिन रणनिति अन्र्तगत वन क्षेत्रमा रहेका ज्वलनसिल पदार्थहरु जस्तै, सुकेका खर–घाँस, पत्कर, स्याउला, सोत्तर, मसिना दाउरा समयमै ब्यवस्थापन गर्ने, वन क्षेत्रको नियमित गस्ति गर्ने,अग्नि नियन्त्रण सामाग्रीहरुको ब्यवस्थापन गर्ने,सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम प्रकाशन तथा प्रशारण गर्ने, अग्नि नियन्त्रक दस्ता परिचालन गर्ने, डढेलो नियन्त्रणको मोवाइल टोली परिचालन गर्ने, डिभिजन वन कार्यालयमा अग्निनियन्त्रण कक्ष सञ्चालन गर्ने लगायतका रहेका छन ।
प्रत्येक शव डिभिजन वन कार्यालयले आ–आफ्नो कार्य क्षेत्रका जोखिमयुक्त सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रलाई जोखिम नक्शा, वन डढेलोका मुख्य कारणमा आधारित रही छुट्टाछुट्टै वन डढेलो नियन्त्रण रणनीति अनुसार कार्यान्यन गर्ने निर्णय भएको छ ।
सात बर्षमा ४२ हजार हेक्टर वन क्षेत्र प्रभावित
पछिल्लो सात बर्षमा दाङका बिभिन्न ४ सय ६३ स्थानमा लागेको वन डढेलोका कारण ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको तथ्याङ्कले देखाएको छ । जसबाट एक जनाको मृत्य भएको छ । ९ घर जलेर नष्ट भएका छन । वन क्षेत्रमा घाटगद्दी गरी राखिएको ५ सय ३४ क्यू फिट जलेर नष्ट भएको छ । हजारौ बहुमूल्य वनस्पति नष्ट भएका छन । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान नाश भएको छ । पछिल्लो सात बर्ष वन डढेलोको अवस्था उतारचढाव रहेको छ ।
अभियासन सफल पार्न भइरहेका तयारी
डिभिजन वन कार्यालय दाङले वन वन डढेलो नियन्त्रण कार्ययोजना—२०७६ तयार गरी शुन्य वन डढेलो महाअभिान अभियान शुरु गरेको हो । यो कार्यक्रम अन्र्तगत बिभिन्न २२ वटा कार्यक्रम तयार गरिएको छ । जसमा जोखिम पहिचान तथा नक्शांकन, वन डढेलो नियन्त्रण रणनिति तयारी, प्रचारप्रसार सामाग्री उत्पादन र प्रकाशन तथा प्रशारण, विद्यालय शिक्षा कार्यक्रम, ज्वलनसिल पदार्थहरु हटाउने, अग्नि रेखा निर्माण तथा सरसफाई, पत्रकार, सुरक्षा निकाय, नेतृत्व बर्ग, समूह सञ्जाल र सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम लगायतका रहेका छन । डिभिजन वन कार्यालय दाङले शून्य वन डढेलो महाअभियान घोषणा गर्ने तयारी गरेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताएका छन् ।