२०८१ बैशाख ७ गते शुक्रवार

वडा अध्यक्ष र कार्यालय सहयोगी बीचको झगडा प्रशासनले मिलायो

तस्विर – निशान भट्टराईको सामाजिक सञ्जालवाट

तुलसीपुर,फागुन २६ । घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष भिमबहादुर सार्की र कार्यालय सहयोगी पतिराम चौधरी बीचको झगडा प्रहरीले मिलाएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा सोमवार भएको छलफलमा वडा अध्यक्ष सार्कीले आफ्नो गल्ति स्वीकार दुबैका बीचमा मेलमिलाप भएको छलफलमा सहभागिहरुले बताएका छन् ।

छलफलका क्रममा वडा अध्यक्ष सार्कीले आफु आवेगमा आएर घटना भएको भन्दै आइन्दा त्यस्तो गल्ति नदोहरीने प्रतिवद्धता जाहेर गरेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले दुबै पक्षको छलफलमा वडा अध्यक्षले गल्ति स्वीकार गरेपछि कार्यालय सहयोगी चौधरी मिलापत्र गर्न राजि भएको जानकारी दिए ।

चौधरीमाथि कुटपिट गर्ने वडा अध्यक्ष सार्कीमाथि कारवाहीको मागगर्दै वडा नं. ४ का वडा बासीले सोमवार घोराहीमा पर्दशन गरेका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरुले पर्दशन गरेका हुन ।

गत शुक्रवार कार्यालय सहयोगी चौधरीले वडा अध्यक्ष सार्कीले आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

त्यसमा उनले आफुमाथि कार्यालयमै वडा अध्यक्षले घोक्राएको तथा कुटपिट गरेको भन्दै वडा अध्यक्षलाई कानुनी कारवाहीको माग गरेका थिए । चौधरी उक्त वडामा बिगत २५ वर्षदेखि कार्यरत स्थायी कर्मचारी हुन्।

प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *