२०७७ फाल्गुन २० गते बिहिवार

बिजौरीमा होटल व्यवसायीको भेला सम्पन्न

तुलसीपुर,फागुन २५ । बिजौरी उद्योग वाणिज्य सघंले बिजौरी बजारक्षेत्र भित्र रहेका होटल व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि उपसमिति गठन गरेको छ ।

सघंले आइतवार एक भेलाको आयोजनाको गरि चिया नास्ता होटल व्यवसायी र मदिरा होटल व्यसायीलाई व्यवस्थित गर्नका लागि उक्त उपसमिति गठन गरेको हो । सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको भेलाले चिया नास्ता होटल व्यवसायी उपसमिति र मदिरा होटल व्यसायी उपसमिति गठन गरेको हो ।

भेलाले चिया नास्ता होटल व्यवसायी हर्कबहादुर बुढाथोकीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा भुपबहादुर वलि,भिमसेन सुनार,सुनिल भुसाल र बिमला पुन रहेका छन ।

यसैगरि मदिरा होटल व्यवसायी यज्ञबहादुर खड्काको सयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा टोपादेवि डाँगी,यादव भुसाल,मिना चौधरी,राम चौधरी,सिता चौधरी र कृष्णा श्रेष्ठ रहेका छन ।

आइतवार सम्पन्न उक्त भेलाले बिजौरी बजार क्षेत्रका अन्य व्यापारीलाई पनि व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गर्ने र पनि त्यससगैँ  दुधरास,हेमन्तपुर बजार क्षेत्र भित्रका व्यवसायीहरुलाई पनि व्यवस्थित गर्नका लागि तत्कालै विभिन्न उपसमिति गठन गर्ने बिजौरी उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

यसैबिच शान्ति सुरक्षालाई मध्येनजर गर्दै बिजौरी क्षेत्रमा बेलुका ९ बजे भित्र सम्पुर्ण व्यापार व्यवसायहरु बन्द गरिदिन हुन सघंले आग्रह समेत गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *