२०७७ फाल्गुन १९ गते बुधवार

घोराहीमा वडाअध्यक्षले कार्यालय सहयोगीलाई कुटे


दाङ, फागुन २४ । घोराहीमा एक वडा अध्यक्षले आफ्नै कार्यालय सहयोगीलाई कुटेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भिमबहादुर सार्कीले आफूमाथि कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले शुक्रवार प्रशासनमा उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा चौधरीले शुक्रवार दर्ता गराएको उजुरीमा कार्यालयमै अध्यक्षले आफुलाई कुटपिट गर्दै घोक्याएको उल्लेख गरेका छन् ।

चौधीले यसअघि पनि वडाध्यक्ष सार्कीले आफूलाई विनाकारण तथानाम गालीगलौज गर्ने गरेको कुरा उल्लेख गर्दै अध्यक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न मागपनि गरेका छन् ।

बिगत २५ बर्षदेखि कार्यरत चौधरी त्यहाँका स्थायी कर्मचारी हुन ।यसैबीच वडाध्यक्ष सार्कीले स्वास्थ्यका बिषयमा छलफल गर्न टोल बिकास संस्थाका अध्यक्षहरुलाई खवर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आफु आवेगमा आएको स्वीकार गरेका छन् ।

तर उनले चौधरीले प्रचारबाजी गरे जस्तो कुटपिट नगरेको भन्दै प्रहरी समक्ष आफ्नो बचाउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय घोराहीले सोमवार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *