२०८२ असार ९ गते मङ्गलवार

कोरोनाका कारण काँग्रेसले पार्टीका सबै औपचारिक कार्यक्रम रोक्यो

काठमान्डौं, फागुन २१ । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण अर्कौ सूचना नहुँदा सम्मका लागि पार्टीका सभा,सम्मेलन रोकेको छ । नेपालमा पनि कोरोनाभाइरस देखिन सक्ने खतरालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन पार्टीका सार्वजनिक कार्यक्रमहरु रोक्ने निर्णय गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका औपचारिक गतिविधि स्थगित गरिएको पनि जानकारी दिएका हुन । शर्माले भने ‘सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’

तर उनले समायोजन र १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा नै जारी रहने बताए । उनले सतर्कताका लागि भातृ संस्था परिचालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *