काठमान्डौं, फागुन २१ ।अर्थमन्त्री युवराज खतिवडाले दोस्रो पटक कार्यभार सम्हालेका छन्।
बुधबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका उनले त्यसपछि सिंहदरबार पुगेर कार्यभार सम्हालेका हुन्।
मंगलबार मात्रै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसको २४ घन्टा नवित्दै उनले फेरि सोही मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार