राजेश खत्री,
अमेलिया,फागुन १९ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय नेता खुमबहादुर खड्का राजनीतिक षडेन्त्रको शिकार भएको बताएका छन् । सोमवार देउखुरीको अमेलिया चौराहामा निर्माण गर्न लागिएको स्वर्गीय नेता खड्काको शालिक सिलन्यास पछि आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री खड्काले स्वर्गीय नेता खुमबहादुर खड्काको महत्व राजनीतिक जीवनमा कति छ ? भन्ने बुझ्न बिक्रम संवत २०३३ सालमा बीपीले मेलमिलापको नीतिका साथ स्वदेश फर्किदा नेता खड्कालाई पनि संगै ल्याउनुले स्पष्ट हुने तर्क गरे । ‘ तत्कालिन समय जम्मा २५ बर्षका रहेका खुमबहादुरलाई बीपीले किन साथमा लिएर आउनु भयो ? खुमबहादुर खड्काको महत्व त्यहीवाट स्पष्ट हुन्छ,’ महामन्त्री खड्काले भने ‘ पछि उहाँलाई राजनीतिक प्रतिसोध र षडेन्त्र गरेर फसाईयो ।’
काँग्रेस केन्द्रिय समितिमा सबैभन्दा पहिला खुमबहादुर खड्काले नै गणतन्त्रमा जानुपर्ने प्रस्ताव पेश गरेको बताए । त्यही कारण खुमबहादु्र कुनैदिन राजाको तारो बनेको भन्दै महामन्त्री खड्काले नबुझ्नेहरुले मात्रै स्वर्गीय नेता खुमबहदुरलाई राजावादी भन्ने कुतर्क गर्ने गरेको बताए ।
अन्तिम अवस्था सम्मपनि स्वर्गिय खुमबहादुर खड्काले हिन्दु धर्मप्रति विशेष लगाव राखेको भन्दै महामन्त्री खड्काले पूर्ण धार्मिक स्वतन्त्रताको पक्षमा आवाज उठाउन आवश्य रहेको बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले स्वर्गीय नेता खड्कालाई भारतीय राष्ट्रबादी नेता भगतसिंह संग तुलना गरे । पूर्व मन्त्री समेत रहेका गिरीले स्वर्गीय नेता खड्का षडेन्त्रको राजनीतिको शिकार भएको बताए । उनले स्वर्गीय नेता खुमबहादुर माथि षडेन्त्र पूर्वक लगाइएको भ्रष्टचारको कालो दाग हटाउन अझैंपनि काँग्रेसले पहल गर्नुपर्ने तर्क गरे ।
नेता गिरीले स्वर्गीय नेता खड्कालाई एउटा क्रान्ति नायकका रुपमा स्मरण गरे । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले पछिल्लो समय काँग्रेसले हार्नुको प्रमुख कारण बीपीको मार्गवाट काँग्रेस विचलित हुँदै जानु र हिन्दु धर्मको मुद्दा छोड्नुको परिनाम भएको बताइन । पछिल्लो समय देशमा क्रियचियनहरु बढेको भन्दै स्वर्गिय नेता खड्काले भने जस्तै गरि हिन्दु राज्यको पक्षमा सबैले वकालत गर्नुपर्ने उनले बताइन ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा डडेलधुराका सभापति कर्ण मल्ल, सुर्खेत जिल्लाका पूर्व सभापति तप्तबहादुर विष्ट, पूर्व सांसद गेहेन्द्र गिरी, प्रदेश सांसद द्धय डिल्लीबहादुर चौधरी र अर्जुन श्रेष्ठ, काँग्रेस दाङका पूर्व सभापतिहरु विरकेश्वरी गौतम, घनश्याम रेग्मी, संविधान सभाका सदस्यहरु बुद्धिराम भण्डारी, राजु खनाल, सुशीला चौधरी लगाएतका बक्ताहरुले स्वर्गीय खड्कालाई प्रजातन्त्रको आदर्षवाट कहिलै विचलित नहुने एक क्रान्तिकारी, निर्भिक, निडर र विकास प्रेमी नेताको रुपमा स्मरण गरेका थिए ।
एकैदिन १० लाख बढी सहयोग प्राप्त
देउखुरीको अमेलियामा नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक सिलन्यास भएकै दिन सोमवार १० लाख बढी रकम सहयोगको घोषणा भएको छ । कार्यक्रममा पुगेका विभिन्न नेता तथा कार्यकर्ताहरुले स्वच्छिक रुपमा शालिक निर्माण गर्न सहयोगको घोषणा गरेका हुन ।
लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया बजारको चौराहामा निर्माण गर्न लागिएको शालिक निर्माणका लागि जिल्ला सभापतिदेखि संघीय सभापति तथा विभिन्न शुभेच्छुकहरुले उक्त रकम सहयोग गर्ने घोषणा गरेको काँग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए ।
ढिलोमा एक वर्ष भित्रमै पूर्ण कदको ढलोटको लागि निर्माण गरि सक्ने लक्ष्य राखिएको काँग्रेस दाङका सभापति तथा शालिक निर्माण गर्न गठित मुल समितिका संयोजक कीर्तिबहादुर खड्काले जानकारी दिए । काँग्रेस पूर्व महानमन्त्री तथा गृहमन्त्री स्वर्गीय खड्काको शालिक निर्माण गर्न कति खर्च लाग्छ भन्ने एकिन भने भइनसकेको जिल्ला पार्टी सभापति खड्काले बताए । यसअघि घोराहीको नारायणपुरमा स्वर्गीय नेता खुमबहादुर खड्का चोक नामांकरण गरिएको छ ।
कार्यक्रममा १ सय ३० जति युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका थिए । नेविसंघका नेता अरुण लहरेको नेतृत्वमा तुलसीपुरवाट गएका उनीहरुले स्वर्गीय नेता खुमबहादुर खड्कालाई साच्क्षि राखेर काँग्रेस पार्टी प्रवेश गरेका हुन । नव प्रवेशीलाई महामन्त्री पूर्णबहादुर खड्का, काँग्रेस केन्द्रीय सदस्य द्धय दीपक गिरी, डा. डिला संगौरा लगाएतका अतिथिले अभिर माला लगाएर स्वागत गरेका थिए ।