२०७८ असार ४ गते शुक्रवार

सगरमाथा संवाद स्थगित

काठमाडौं,फागुन १९ । सरकारले आगामी चैतमा गर्ने तय भएको सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएको जानकारी दिएका हुन् ।

आफ्ना उपलब्धीहरु विश्वलाई सुनाउने उद्देश्यका साथ सरकारले ‘सगरमाथा संवाद’को अवधारणा अघि सारेको थियो । सम्मेलन हरेक दुई वर्षमा गर्ने भनिएको थियो ।

अप्रिल २ देखि ४ सम्म हुने पहिलो सगरमाथा संवादमा ने सम्मेलनमा जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिने उद्देश्य थियो । तर कोरोना भारस विश्वव्यापी रुपमा फैलिएपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको छ ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *