दाङ,फागुन १८ । नेपाल औषधी थोक व्यबसायी संघ ५ नम्बर प्रादेशिक समिति दाङको प्रथम अधिवेशनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । आइतवार घोराहीमा भएको अधिवेशनले दुई महिना अघि गठन भएको तदर्थ समितिलाई नै निरन्तरता दिदै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्ष शालिकराम आचार्य, उपाध्यक्ष शेषकान्त ढकाल, महासचिव तुफानबाबु श्रेष्ठ, सचिव दिपेन्द्र न्यौपाने र कोषाध्यक्षमा रमेश खनाल चयन भएका छन् ।
साथै कार्यसमितिको सदस्यमा लक्ष्मी प्रसाद कडेल, देव बहादुर बस्नेत, बिक्रम कुवर, राजेन्द्र पोख्रेल, भागवत कमलापुरी र अजय केसी रहेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दैै नेपाल औषधी थोक व्यबसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले सबै थोक व्यबसायीहरु अब एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।
प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार