२०८१ कार्तिक २३ गते शुक्रवार

२५० नेकपाका कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश


दाङ, फागुन १७ । नेपाली काँग्रेसले शनिवार दाङको रामपुर र बाह्रकुनेमा छुट्टा छुट्टै कार्यक्रम गरेको छ ।
काग्रेस घोराही उपमहागरपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा रामपुरमा कार्यकर्ता भेटघाट र काग्रेस घोराही वडा नं. १५ को आयोजनामा बाह्रकुने दहमा वडा समितिको बार्षिक साधारणसभा गरिएको छ ।
नेपाली काँग्रेस वडा नं. २ का सभापति रेवतिप्रसाद घिमिरेको अध्यक्षता र काग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतमा रामपुरमा कार्यक्रम भएको हो ।त्यसक्रममा २ सय ५० जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् ।

दाङका पुराना बामपन्थि नेता गिरिराज गिरी, टेकबहादुर चौधरी, दण्डिराम पाण्डे लगायत २ सय ५० जना नेकपा परित्याग गरी काँग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिइएको छ । नव प्रवेशीलाई काँग्रेस दाङका सभापति खड्का र नेता कमलकिशोर घिमिरेले पार्टी सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।

नेकपा भित्र सम्मान नभएको, पार्टीमा बिचलन आएको, आफ्ना काखी च्याप्ने र क्षमतावान पुराना कार्यकर्तालाई पंछाउने जस्ता नेकपाका गतिविधि मन नपरेको हुँदा आफुहरु काँग्रेसमा पार्टी प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति खड्काले काँग्रेस विना मुलुकको सम्वृद्धि असंभव रहेको बताए । उनले कम्युनिष्टको दुई तिहाई सरकार असक्षम भइसकेको दाबी गरे । काण्डै काण्ड र भ्रष्टचार सर्वत्र व्याप्त रहेको हुँदा सरकारले नैतिकता गुमाई सकेको उनले तर्क गरे ।

कार्यक्रममा काँग्रेस नेता कमलकिशोर घिमिरेले अहिलेको सरकारले जनताका जनविकाको सवालहरु सम्वोधन गर्न भन्दापनि आफन्त पोष्न मै केन्द्रित रहेको बताए ।

कार्यक्रममा काँग्रेसका दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतम, काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, काग्रेस क्षेत्रीय सभापतिहरु भूपबहादुर डाँगी, भेषराज खत्री र गिरिराज सुवेदी, नेता जानकीलाल बस्नेत, मधु न्यौपाने, नेपाल विद्यार्थी संघका निरज पाण्डेय लगायतकाले नेकपाको दूई तिहाई सरकार असक्षम भइसकेको बताएका थिए । कार्यक्रमको सहजिकरण काग्रेसका क्षेत्रिय सचिव चुडामणि आचार्यले गरेका हुन ।

बाह्रकुनेमा पनि कार्यक्रम
नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा शनिवार वडा समितिको बार्षिक सधारणसभामा भएको छ ।

त्यसक्रममा ‘हाम्रो काँग्रेस हाम्रो सम्पर्क’ नामक वडा समितिले प्रकाशन गरेको पुस्तकको बिमोचन गरिएको थियो । वडा सभापति प्रकाश श्रेष्ठको सभापतित्व एंव संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खनालले वर्तमान सरकार जनताको हितमा भन्दापनि नेताहरुको ब्यक्तिगत फाइदामा लागेको आरोप लगाउनु भयो । सरकारका मन्त्री र जिम्वेवार नेताहरुका काण्डले सरकारले कसको पक्षमा काम गरिरहेको छ ख? भन्ने स्पष्ट भएको उनले बताए ।

काँग्रेस वडा समितिका सहसचिव शिशिर अधिकारीको स्वात मन्तब्यबाट शुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरज गिरी र सांगठनिक प्रतिवेदन सुनिल देवकोटाले प्रस्तुत गरेका हुन ।

कार्यक्रमका बिशिष्ट अतिथि काग्रेस दाङका उपसभाति कमानसिंह भारती, घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पूर्व जिल्ला सचिव ध्रुव ज्ञवाली, महासमिति सदस्य पुष्पा श्रेष्ठ, नगरसभापति मनोज बुढाथोकी, किशोरचन्द्र गौतम, दिलिपकुमार डिसी, तिलक रावत लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिव लेखराज बुढाथोकीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *