तुलसीपुर, फागुन १७ । रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिमा नयाँ नेतृत्व सर्वसहमतिमा चयन भएको छ। शुक्रवार नै प्रालिको अध्यक्षमा सुरेश हमाल सर्वसहमतिमा चयन भएका थिए । हमाललाई यो संगै लगातार तेस्रो कार्यकालका लागि नेतृत्व गर्न यातायात व्यवसायीले सहज म्यान्डेट दिएका छन् ।
त्यसैगरी शनिवार प्रालि सञ्चालक समितिको सदस्यहरु पनि सर्वसहमतिमा चयन भएका छन् ।
जसमा पुष्कर धिताल, मानबहादुर डाँगी, नारायणप्रसाद न्यौपाने, मिनप्रकाश भट्ट (प्रकाश), प्रेम रावत, माधब न्यौपाने, दिवाकर केसी, भिमसेन लहरे, तेजप्रसाद अधिकारी (गढवा राजु) र हरिप्रसाद भट्ट सर्वसहमतिमा चयन भएका छन् ।
शुक्रवार दश सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको भएपनि शनिवारको कसरतवाट सर्वसहमति जुटेको हो । तीन वर्षे कार्यकालका लागि निर्वाचन अध्यक्ष लगाएत सबै कार्यसमिति सदस्यहरुले शनिवार नै सपथ ग्रहण गराइएको निर्वाचन अधिकृत बिजय पौडेलले जानकारी दिएका छन् ।
९ जना सदस्य मनोनित
शनिवार नै भरतराज श्रेष्ठ , ऋिषि रावत, श्रीधर बुढाथोकी, कालिबहादुर योगी, प्रितमकुमार श्रेष्ठ , मदन वली, दिवाकर न्यौपाने र महिला सदस्यहरुमा धनकुमारी आचार्य (माया पाण्डे) र सीता वलीलाई सञ्चालक सदस्यको पदमा मनोनित गरिएको अध्यक्ष सुरेश हमालले बताए । विधानमा अध्यक्षले थप नौं सदस्य मनोनित गर्न पाउने प्रावधान छ ।
अध्यक्ष हमालले नयाँ कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरुको चयन गर्ने जानकारी दिएका छन् । त्यसमापनि अध्यक्षले मनोनित गर्न पाउने प्रावधान रहेको छ ।
शनिवार नै प्रालिको बिधान संशोधन गरेर अध्यक्ष पछिको दोस्रो बरियतामा भरतनाथ योगीलाई संस्थाको सरक्षक बनाइएको छ ।
तीन दशक लामो इतिहास बोकेको पुरानो राप्ती समिति प्रालिमा रुपान्तरण भएपछि त्रिशिद्धेश्वरी राप्ती प्रालि नै दाङमा विधिवत रुपमा अधिबेशन गर्ने पहिलो प्रालि हो ।