२०८१ असोज ३ गते बिहिवार

प्रदेश राजधानी बारे सर्वदलिय सर्वपक्षिय अन्त्तरक्रिया हुने

तुलसीपुर, फागुन १६ । नागरिक समाज दाङले प्रदेश ५को स्थायी राजधानी तोक्न दबाव दिने उदेश्यले अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार घोराहीमा बसेको समाजको बैठकले प्रदेशको नामाकरण तथा राजधानी तोक्न दबाब दिन उदेश्यका साथ अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको सचिव लक्ष्मि आचार्यले जानकारी दिएकी छन् ।

पाँच नम्बर प्रदेशको राजधानी र नामाकरण तोक्ने काम हालसम्म नभएको हुँदा दबाव स्वरुप प्रदेश सांसदसहित अन्तरक्रिया गर्न निर्णय भएको आचार्यले बताइन । यसका साथै समाजको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी प्रदेश राख्न मागपनि गरेको छ ।

सोही उदेश्यका साथ समाजले जिल्लास्थित सरोकारवाला निकाय तथा प्रदेश सांसदहरु संग फागुन २१ गते सर्वपक्षिय सर्वदलिय अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।

त्यसका लागि बैठकले कार्यपत्र तयार पार्न समाजका सदस्य हरिप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको छ । कार्यक्रम उक्त दिन बिहान साढे ११ बजे नेपाल पत्रकार महासंघको घोराहीस्थित दाङ शाखाको सभाकक्षमा हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *