२०७८ बैशाख २५ गते शनिवार

‘व्यवसायीक एकताको खाँचो’

यमकला भुसाल,
तुलसीपुर, फागुन १६ । त्रिशिद्धेश्वरी राप्ती यातयात सेवा प्रा.लिको प्रथम साधारण सभा तथा अधिबेशन कार्यक्रम शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । “व्यवसायी एकता,आजको आवश्यकता” “यात्रुमैत्री यातयात सेवा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको उद्धघाटन नेपाल यातयात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्र कर्माचार्यले पानसमा बत्ती बालेर गरेका हुन् । उद्धघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले मुलुकको समृद्धीका लागि व्यवसायीक एकताको खाँचो रहेको बताए । राष्ट्रिय महासघं अहिले यातयात निति बनाउन लागि परेको छ उनले भने,–अब मुलुकको समृद्धिका लागि व्यवसायीक एकता हुन जरुरी छ । राज्यले गर्नुपर्ने काम यातयात क्षेत्रले गरिरहेको भन्दै अध्यक्ष कार्मचार्यले अब अधिकार सम्पन्न निति निमार्ण गरेर सरकारलाई एकताको सन्देश दिनुपर्नेमा जोड दिए । उनले हरेक व्यवसायीहरुको लगानी संरक्षण गर्ने,यात्रुमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ महासघं अघि बढेको समेत बताए ।

कार्यक्रममा नेपाल यातयात व्यवसायी राष्ट्रिय महासघंका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले दुई तिहाई सरकारको स्थायीत्व नभएका कारण देशको सबै क्षेत्र निरासजनक अवस्थामा रहेको बताए । उनले नेकपाको सरकारले यातयात क्षत्रेलाई प्रहार गरेको भन्दै आक्रोस व्यक्त गरे । अझैपनि यातयात क्षेत्रलाई नकारात्मक नजरले हेर्नै चलन छ,उनले भने,–अब राजनितिक रुपमा कुटेर होइन,जुटेर अगाडी बढ्न जरुरी छ । मुलुकलाई आर्थिक समृद्ध बनाउन राज्यले यातयात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको पनि उनको भनाई थियो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निजि क्षेत्रले आर्थिक समृद्धिको लागि महत्वपुर्ण भुमिका खेल्न सक्नेमा जोड दिए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यातयात क्षेत्र सेवा उद्योगका रुपमा स्थापित भएको बताए । उनले भने,–प्रालिले जिल्लाका सम्पुर्ण व्यवसायीलाई एक ठाउँमा ल्याएर बलियो बनाउनुपर्छ,र अझै नमुना सेवा प्रदान गर्न तर्फ ध्यान दिन जरुरी छ ।

त्रिशिद्धेश्वरी राप्ती यातयात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातयात व्यवसायी राष्ट्रिय महासघंका वरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वोर,महिला उपाध्यक्ष पुष्पा श्रेष्ठ,केन्द्रिय सचिव सम्भु रिजाल,सामुदायीक प्रसारक सघंका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरि,नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का,नागरिक समाज दाङका सयोजंक चन्द्रराज पन्त,तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी,ऐनप्यावसन दाङका अध्यक्ष बिमल गौतम,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलि,स्वतन्त्र मजदुर यातयातका अध्यक्ष केशव भण्डारी लगाएतले अझै पनि राज्यले यातयात व्यवसायीलाई हेर्ने दृष्टि फरक रहेको भन्दै दृष्टि परिवर्तन गर्नुपर्ने बताए । यातयात क्षेत्रले हरेक युवालाई रोजगारी दिएको भन्दै अब सम्पुर्ण यातयात व्यवसायीहरु एक्यबद्ध हुनुपर्ने बताए ।

सो अवसरमा पत्रकारिताको माध्यमबाट यातयात क्षेत्रमा कलम चलाउने ३ जना पत्रकारहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै प्रालिका ३ सय ५० जना चालकमध्ये एक वर्ष सम्म एउटा पनि दुर्घटना नगराई सवारी चलाउने ६ जना चालक र २ जना सहचालकलाई नगदसहित पुरस्कृत गरिएको थियो भने विभिन्न सघंसस्थाका दर्जनौ व्यक्तीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सल्लाहाकार शरद रेग्मीले गगरेका थिए । साथै उक्त कार्यक्रममा प्रशासनिक प्रतिबेदन नारायणप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *