तुलसीपुर,फागुन १५ । भ्रष्ट्राचार, सीमा अतिक्रमण र एमसिसी बिरुद्ध दाङमा पाँच दलले बिरोध सभा गरेका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा क्रान्तिकारी माओबादी, नेकपा मसाल लगायतका दलहरुले बढ्दै गएको भ्रष्टाचार, नेपाली भूमी अतिक्रमण र एमसिसीको बिरोध गरेका हुन ।
पाँच दलले तुलसीपुरमा आयोजना गरेको विरोध सभामा राष्ट्रियता र स्वाधिनताको पक्षमा सरकार गम्भीर हुन नसकेको बताएका छन् । सरकार भ्रष्टाचारमा लिप्त भएको, राष्ट्रियताको पक्षमा गम्भिर हुन नसकेको, देशलाई नै धारापमा पार्ने गरि एमसिसी सरकारले पारित गर्न खोजेको आरोप बक्ताहरुको छ । बक्ताहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेख लगाएका भूमी फिर्ता गर्नुपर्ने बिषयमा सरकार गम्भीर नभएको दोषारोपन गरे ।
विरोध सभालाई नेकपा मसालका दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, नेकपा मालेका जिल्ला सचिब नेत्र प्रकाश पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चाका दाङ जिल्ला सचिब ईश्वरी गैरे, नेकपा क्रान्तिकारी माओबादी दाङ जिल्ला सदस्य पारस, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी लगाएतले राष्ट्रियताको सवालामा सरकार निकै कमजोर देखिएको बताएका हुन । कार्यक्रमको सहजिकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले गरेका हुन ।