२०८२ बैशाख ३० गते सोमवार

रमेश खरेलले कुशासनको विरोधमा अभियान चालउने


काठमान्डौं,फागुन १४ । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सञ्चालन गर्ने भएका छन् । विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन अभियान सुरू गर्न लागेको खरेललले बताएका छन् ।

अभियानको घोषणा बिहीबार गरिने जानकारी दिइएको छ । खरेलको अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतको साथ रहने भएको छ ।

खरेलले २०७४ साल चैतमा डिआइजीबाट राजीनामा दिएका थिए। तत्कालिन डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि असन्तुष्टि व्यक्त गर्दै खरेलले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *