काठमान्डौं, फागुन १४ । नेकपाको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।बुधबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने गरि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।
गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।
नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको खवरहरु सार्वजनिक भएका थिए ।
प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार